भरतपुर अस्पतालमा व्यवस्थित एक्सरे कक्ष नहुँदा सर्वसाधरण समेत विकिरको शिकार बन्दै

 

चितवन, मंसिर १९ । भरतपुर अस्पतालमा व्यवस्थित एक्सरे कक्ष नहुँदा बिरामी बोहकका व्यक्ति समेत एक्सरेबाट आउने विकिरणको सिकार बनेका छन् । एक्सरे गर्ने ठाउं साघुंरो हुंदा अनावश्यक व्यक्तिहरु पनि एक्सरे मेसिनको नजिक जानुपरेको छ । जसको विकिरण खतरनाक मानिन्छ । एक्सरे मेसिन भएको कोठामा पर्दा मात्रै लगाइएको छ । एक्सेरेको विकिरणलाइ एउटा सामान्य पर्दाले रोक्न नसक्ने उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष समेत रहेका विष्णु भुषाल वताउंछन् ।

विरामी र विरामीका आफन्तको व्यवस्थापन र एक्सरे सेवा गुणस्तरि बनाउन अस्पताल प्रशासनलाइ उनले आग्रह गरेका छन् । एक्सरेको विकीरणले असर गर्ने भएपनि एक्सरे गर्ने कोठामा अनावश्कयक मान्छेहरु जानेगरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीका स्विकार छ । उनले त्यो राम्रो काम नभएको वताए ।

एक्सरे मेसिन रहेको कोठाको भित्तामा लेटले शिल गरिने जानकारी दिए । यसले एक्सरेको विकिरण बाहिर जान नसक्ने उनको भनाइ छ । विकिरण क्षेत्रमा अनावश्यक व्यक्ति नजांदा राम्रो हुने उनि वताउंछन् । यद्यपि यसबारे जानकारी नभएका आवश्यक भन्दा बढि संख्यामा विरामी एवं विरामीका आफन्तहरु समेत विकिरण क्षेत्रमा जाने गरेका छन् ।

अस्पतालको संरचना उपयुक्त नहुंदा एक्सरे सेवा गुणस्तरिय नभएको पाइएको हो । एक्सरेको विकिरणले थाइराइडको क्यान्सर, बच्चा नजन्मिने जस्ता असर देखिने जानकारी दिए । लामो समयसम्म विकरण परिरहंदा मात्र असर गर्ने भन्दै उनले सिंगल विकिरणको डोजले असर नगर्ने वताए ।

Promise Education Consultancy