निर्वाचनको मुखमै कांग्रेश नवलपुरमा गयो पहिरो: कांग्रेश नवलपुरमा खैलाबैला

कावासोती, १८ मंसिर ।


प्रदेश र प्रतिनिधी सभा निर्वाचन नजिकिदैं गर्दा नवलपुरको गैँडाकोट र देबचुलीमा ४९० जना नेपाली कांग्रेश पार्टि परित्याग गरि, बाम गठबन्धनमा प्रबेश गरेका छन् । मुलुकको संमृृद्धि, परिवर्तन र स्थायित्व बाम गठबन्धनबाट मात्र संम्भब हुने भन्दै उनिहरु सोमबार बाम गठबन्धनमा समाबेश भएका हुन् ।

 

 

शनिबार बाम गठबन्धनले, गैँडाकोट ३ मा आयोजित चुनाब लक्षित युवा भेलामा गैडाकोट नगरपालिकाको वडा नंम्बर २ र ३ का नेपाली कांग्रेशका करिब ३०० कार्यकर्ता बाम गठबन्धनमा प्रबेश गरेका हुन् । मुलुकको स्वाधिनता रक्षा गर्न, सुशासन स्थापना गर्न , शान्ति र संमृद्धि बाम गठबन्धनबाट मात्र संम्भब भएकाले आफुहरु बाम गठबन्धनमा आउन चाहेको स्थानिय युबा राजु शर्माले बताएका छन् । बिगतमा आफुहरु नेपाली कांग्रेशमा रहेको तर कांग्रेशले लामो समय बहुमत पाए पनि मुलुकको संमृद्धि र स्थायित्व राख्न नसकेर मुलुकलाई द्धन्द र अस्थिरता तर्फ धकेलेकाले आफुहरु हिनता बोधले कांग्रेश परित्याग गरेको नव प्रबेशीको भनाई थियो । उनिहरुलाई प्रदेश सभा सदस्यका उम्मेद्वार सुर्य प्रसाद न्यौपानेले स्वागत गर्नुभएको थियो ।

 

यस्तै सोमबार देबचुली नगरपालिकाको वडा नंम्बर १ मा जारी चुनाबी भेलामा नगरपालिकाका २९० जना नेपाली कांग्रेश परित्याग गरि बाम गठबन्धनमा समाहित भएको बाम गठबन्धनका नेता सत्यनारायण भुषालले जानकारी दिनुभएको छ । उनिहरुलाई बाम नेता सत्यनारायण भुषालले टिका लगाएर पार्टिमा स्वागत गर्नुभएको थियो ।
केहि दिन यता नवलपुरमा, कांग्रेश परित्याग गरि बाम गठबन्धनमा जानेको ठुलै लहर चलेकोे छ । चुनाबकै मुखमा नेपाली कांग्रेश परित्याग गरि, बाम गठबन्धनमा ठुलै संख्यामा कार्यकर्ता पलायन भएसंगै नवलपुर कांग्रेशमा अहिले खैलाबैला मच्चिएको छ । नवलपुर क्षेत्र नंम्बर १ मा नेपाली कांग्रेशले करिब ३ दशक एकलौटी बिजयी हुदाँ माखो पनि नमारेकाले कांग्रेशमा पहिरो गएको नेपाली कांग्रेश निकट बुद्धिजिबीको विश्लेषण रहेको छ । केहि दिन देखि चलेको यो श्रंखलाले आसन्न निर्वाचनको परिणामलाई असर पुग्ने सर्वोत्र विश्लेषण गरिएको छ ।

Promise Education Consultancy