क्रान्तिकारी पत्रकार महासंघका सम्पूर्ण पदाधिकारीहरु माओवादी –केन्द्र प्रवेश

चितवन, १८ मंसिर ।नेकपा क्रान्तिकारी माओवादी समर्थित कान्तिकारी पत्रकार महासंघ चितवनका सम्पूर्ण पदाधिकारीहरु नेकपा माओवादी –केन्द्र प्रवेश गरेका छन् ।

आज बिहान शिवनगरको लाहुरेचोकमा रहेको प्रचण्ड निवासमा भएको कार्यक्रममा नेकपा माओवादी –केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका र माला लगाई उनीहरु प्रवेश गरेका हुन् ।

कान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष सूर्य बरालको नेतृत्वमा महासंघका केन्द्रिय सदस्य शंकर सुवेदी, जिल्ला उपाध्यक्ष रोशन थापामगर र सचिव सरोज उपरकोटी प्रवेश गरेका छन् । त्यसैगरी सदस्यहरुमा चित्र ब। गुरुड्ढ, शुक्रराज जैशी, अनिता थापा, सुनिल आचार्य, विमल पौडेल, कृष्ण सुनार, प्रनिस थापा प्रवेश गरेका छन् ।

जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका गणतन्त्र, संघियता, धर्मनिरपेक्षता लगाएतका राष्ट्र एवं जनताको हित संग सम्बन्धित कयौं एजेण्डाहरु संविधानमै उल्लेख भई देश निर्वाचनको संघारमा रहेको वर्तमान परिवेशमा मूलुकलाई स्थिरता, शान्ति, विकास र संवृद्धिको मार्गमा लैजानु अब कसैले नसक्ने र त्यो काम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मात्र संवभ हुने ठहर गर्दै आफ्नो टोली केन्द्रमा प्रवेश गरेको प्रेश विज्ञप्ती मार्फत जनाईएको छ ।

वाम गठवन्धनले विजयी भएको अवस्थामा मात्र मुलुकमा स्थिरता र संवृद्धि हुने बताउ“दै चितवनमा क्रियाशील क्रान्तिकारी पत्रकारहरु माओवादी आन्दोलनका सर्वोच्च कमाण्डर, पूर्वप्रधानमन्त्री, अन्तराष्ट्रिय व्यत्तित्व एवं चितवन क्षेत्र नं। ३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पुष्पकमल दाहाल प्रचण्ड लगायत वाम गठवन्धनका उम्मेद्वारहरुलाई जिताउन लागि पर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Promise Education Consultancy