रंगशाला टिकौलीमै बन्छ : खनाल (भिडियो)

चितवन, १८ मंसिर । चितवन क्षेत्र नं.१ प्रदेश सभा(ख)का उम्मेदवार कृष्णप्रसाद खनालले टिकौलीमै अन्र्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाएका छन ।

सयुक्त बाम गठबन्धन चितवन क्षेत्र नं.१ निर्वाचन परिचालन कमिटीले रत्ननगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार खनालले पाँच बर्ष भित्र टिकौलीमै रंगशाला बनाउने बताए ।

 

 

जैविक विवधता संरक्षणको कारण देखाएर बजेट विनियोजन गरेर पनि टिकौलीमा रंगशाला बनाउन सकिएन उनले भने अब बाम सरकारले टिकौलीमै रंगशाला निर्माण गर्ने छ ।

सरकारले बजेट विनियोजन गरेको भएपनि जैविक विविधतालाई कारण देखाएर शिलान्यास भएको रंगशाला लामो सयम वितिसक्दा पनि निर्माण हुन सकेको छैन ।

दुई तिहाई बहुमत जितेर प्रदेश सरकार बनाउने योजनामा रहेको बाम गठबन्धनका साझाद उम्मेदवार कृष्ण खनालबाट टिकौलीमै रंगशाला बनाउने प्रतिबद्धता सुनेपछि सभामा उपस्थित पूर्वी चितवनबासी हर्षित भएका छन ।

उनले बाढी सुरक्षित पूर्वी चितवन बनाउन सानो ठुला सबै नदिमा बलियो तटबन्धन गर्ने बताए । उम्मेदवार खनालले आफुलाई सच्चा जनप्रतिनिधिको रुपमा उभ्याएर जनताको काम गर्ने बताए ।