मतदानस्थलमा कर्मचारी खटाइए (भिडियोसहित)

चितवन, १८ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चितवनका कर्मचारीलाई मतदानस्थलमा खटाइएको छ । निर्वाचनको लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक चिन्ह, स्ट्याम्पसहितको मतदान सामग्री सहित आइतबार कर्मचारीहरु मतदान स्थलमा खटिएका हुन् । चितवनको तीन वटै निर्वाचन क्षेत्रमा पर्ने एक सय ६१ मतदान स्थलका चार सय आठ वटै मतदान केन्द्रमा आइतबारसम्म कर्मचारी पुगेका छन् ।
निर्वाचन कर्मचारीहरु सहित मतदान केन्द्रमा सुरक्षाकर्मी, सहायक स्तरका कर्मचारी समेत पठाइएको छ । चितवनमा निर्वाचन सम्पन्न गराउनको लागि चार सय आठ वटा मतदान केन्द्रमा चार हजार आठ सय ८६ जना कर्मचारी खटाइएको छ । कर्मचारीहरुले सोमबारदेखि मतदाता परिचयपत्र वितरण, सर्वदलीय बैठकलगायतका काम गरि २१ गते निर्वाचन सम्पन्न गर्नेछन् ।

Promise Education Consultancy