राप्रपा चितवनका उपाध्यक्ष पौडेल सहित दजनौं एमालेमा प्रवेश

चितवन, १८ मसिर । राप्रापा चितवनका जिल्ला उपाध्यक्ष हरिहर पौडेल सहित दर्जनौ कार्यकता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन । रत्ननगर वडा नं.१३ निवासी पौडेलको नेतृत्वमा ४२ जना राप्रपाबाट एमालेमा प्रवेश गरेका हुन । सयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नं.१ ले रत्ननगरमा आयोजना गरेको आमा सभामा उनीहरु एमालेमा प्रवेश गरेका हुन । उनीहरुलाई पूर्व अर्थमन्त्री तथा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले टीका लगाएर पार्टी प्रवेश गराएका थिए । सो अबसरमा पौडेलले एमालेले मुलुकको विकास र विकास गर्ने भएकाले राप्रपा परित्याग गरी एमालेमा प्रवेश गरेको बताएका थिए । त्यसैगरी काँग्रेस र अन्य पार्टी परित्याग गरी दर्जनौं बाम गठबन्धनमा प्रवेश गरेको प्रदेश सभा (ख) का प्रचार प्रसार समितिका संयोजक गोपी नेपालले जानकारी दिए ।

Promise Education Consultancy