पार्टी एकता नभए ओली र मेरो राजनीति भविश्य समाप्त हुन्छ ः प्रचण्ड

चितवन, १८ मसिर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन पछि पार्टी एकता नभए एमाले अध्यक्ष केपिशर्मा ओली र आफ्नो राजनीतिक अस्थित्व समाप्त हुने बताएका छन । सयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समितिले आज रत्ननगरमा आयोजना गरेको आम सभामा प्रचण्डले पार्टी एकता हुनेमा ढुक्क रहन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । हामी अगाडि बढिसक्यो पार्टी एकतालाई शंकेत गर्दै प्रचण्डले भने पार्टी एकता गर्ने विषयमा अब पछाडि हट्ने हो भने ओली जी र मेरो राजनीतिक भविश्य सकिन्छ । उनले निर्वाचन पछि एमाले र माओवादी केन्द्र एकता भएर एउटै कम्युनिष्ट केन्द्र बन्ने बताए । ओली र आफुले पछाडी रहेको पुल भत्काएर निर्वाचनमा होमिएको भन्दै उनले मुलुकको विकास र पार्टी एकतालाई वल पुग्ने गरी बाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे । पाँच बर्ष दुई तिहाई बहुमतको सरकार चलाउने अबसर कम्युनिष्टहरुले पाए नेपाललाई अन्तराष्टिय स्तरकै सुन्दर देशको रुपमा विकास गर्ने प्रचण्डको भनाई छ । पाँच बर्ष काम गर्ने अबसर प्राप्त भयो भने आगामी ५० बर्ष नेपालमा कम्युनिष्टहरुलाई नेपालको नेतृत्व गर्ने अबसर प्राप्त हुने बताए । प्रचण्डले निर्वाचनपछि बन्ने बामपन्थीको सरकार कछुवाको गतिमा नभई बुलेट रेलको गतिमा अगाडि बढने बताए । उनले ७० बर्ष लामो राजनीतिक भूकरीबाट मुलुकलाई मुक्त गर्न अबसर प्रदान गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा चितवन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याउने बताए । उनले गरिब तथा असहायलाई सहायता,वालवाललिकालाई शिक्षा,युवालाई रोजगार, घर विहीनलाई नयाँ घर र बृद्धबृद्धालाई पेन्सनकात्रे व्यवस्थ गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रदेश सभा(ख)का उम्मेदवार कृष्ण प्रसाद खनालले बाढी सुरक्षित पूर्वी चितवन बनाउन सानो ठुला सबै नदिमा बलियो तटबन्धन गर्ने बताए । उनले बजेट छुट्याएर पनि वन्न नसकेको रंगशाला टिकौलीमै बनाउने प्रतिबद्धता जनाए । टिकौलीमै रंगशाला बन्छ उनले भने पाँच बर्ष भित्र हामी टिकौलीमै रंगशाला बनाउछौं । उनले आफुलाई सच्चा जनप्रतिनिधिको रुपमा उभ्याएर जनताको काम गर्ने बताए । कार्यक्रममा प्रदेश सभा(क)का उम्मेदवार दावा दोर्जे लामाले चितवनको विकासको लागि पाँच बर्ष भित्र कुनै पनि काम बाकी नराखी विकासको गति अगाडि बढाउने बताए । चितवन क्षेत्र नं.१ निर्वाचन परिचालन कमिटीका अध्यक्ष जेएन थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रापा चितवनका जिल्ला उपाध्यक्ष हरिहर पौडेल सहित दर्जनौं कार्यकर्ता काँग्रेस र राप्रापा परित्याग गरी एमाले र माओवादीमा प्रदेश गरेका थिए ।

Promise Education Consultancy