गगन थापालार्इ लक्षित गरी बम विस्फोट, ४ जना घाइते

काठमाडौं, १८ मंसिर । सोमबार काठमाडौंको बुढानिलकण्ठमा बम विस्फोट हुँदा ४ जना घाइते भएका छन् । बुढानिलकण्ठ २ स्थित भंगालमा काँग्रेसको चुनावी सभालाई लक्षित गर्दै बम विस्फोट हुँदा ४ जना घाइते भएका छन् भने २ को अवस्था गम्भीर रहेको बताइएको छ । बुढानिलकण्ठको भंगालस्थित महादेव कोलोनीमा बम विस्फोट भएको थियो ।

विस्फोटमा परि घाइते भएकाहरुलाई महाराजगंजस्थित टिचिङ अस्पतालमा ल्याइएको छ । यता बिहान कडा सुरक्षा व्यवस्था रहेको बालुवाटारमा समेत बम भेटिएको छ । सभामुखको सरकारी निवास भन्दा ५ सय मिटर पर रहेको बम सेनाको टोली पुगेको २ घण्टापछि मात्रै निष्क्रिय पारिएको थियो ।

Promise Education Consultancy