मृतक चेपाङका परिवारलाई रिभरगाईहरुले गरे आर्थिक सहयोग

चितवन, (ईच्छाकामना) १८ चितवन । त्रिशुली नदीमा डुबेर मृत्यु भएका चन्द्र बहादुर चेपाङको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । रिभरगाईडहरुले रकम संकलन गरि रु ४२ हजार ८ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

हिमालयन रिभरगाईड एसोसियसन नेपाल(HRGAN) का वरिष्ठ उपाध्यक्ष मानध्वज गुरुङले एक कार्यक्रमकाबीच रक हस्तान्तरण गर्नुभएको सहयोग संकलन अभियानका संयोजक मिलन गुरुङले जानकारी दिनुभयो ।
चितवनको ईच्छाकामना गाउँपालका ३ फिस्लिङल निवासी ४४ बर्षिय चन्द्र बहादुर चेपाङ पौडी खेल्ने क्रममा कात्तिक ४ गते त्रिशुली नदीमा डुबेर मृत्यु भएका हुन् ।
उनका श्रीमती र एक छोरा छन् ।

Promise Education Consultancy