प्रचण्डलाई ३ प्रश्न र उनको जवाफ (भिडियो सहित)

चितवन, १८ मंसिर । चितवनमा यही मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । यस अघिका निर्वाचनहरुमा विभिन्न ठाउँबाट चुनाव लडेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेद्वारीले यती बेला चितवन क्षेत्र न ३ ले सबैको ध्यान खिचेका छन् । चुनाव आउन केही दिन मात्र बाँकी रहेको सन्दर्भमा आज हामीले चितवन क्षेत्र न ३ प्रतिनिधि सभाका उममेद्वार तथा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ३ प्रश्न गरेका छौँ। प्रश्तुत छ तीन प्रश्न र प्रचण्डको जवाफ

तपाई नै चितवन क्षेत्र नं ३ मा किन ?
चितवनबाट राजनिति सिके । चितवन जिल्लाको जनताले मलाई प्रचण्ड बनाए । म चितवन जिल्लाको जनता प्रति ऋणि छु, विकास र समृद्धिकाद्वारा चितवनको जनताले मलाई प्रचण्डको रुपमा राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा जुन पहिचान दियो त्यसको ऋृण तिर्न म चितवन आँए ।
विभिन्न ठाउँबाट निर्वाचित भईरहदाँ तपाईले के के काम गर्नुभयो ?
मैले पहिलो चोटी रोल्पा र काठमाडौँबाट चुनाव लड्दा पहिलो त मैले विद्रोहोको केन्द्र र काठमाडौँलाई जोड्ने काम गरे । शान्ति प्रकृयालाई, सेना समायोजनलाई सफलता पूर्वक टुंग्याउन महत्वपुर्ण त्यो कुरा थियो । म यदि काठमाडौँ र रोल्पाबाट चुनाव नलडेको भए शान्ति प्रकृयालाई टुंग्याउन धेरै जटिल हुन सक्थ्यो । अर्को कुरा मैले रोल्पाको विकासका निम्ति पूर्वाधारहरु निर्माणका निम्ति योगदान गरे भन्ने विश्वास छ।
त्यसपछि म सिराहा गए । जुन बेला काठमाडौँ र मधेशको दुरी बढीरहेको थियो । त्यसलाई घटाउने जिम्मेवारी म मा थियो । किनकी गिरिजाबाबुको देवहासन भईसकेको थियो । शान्ती सम्झौताको एक मात्र हस्ताक्षरकर्ताको नाताले मधेश र पहाडको बढेको दुरी घटाउने मेरो एतिहासिक राष्ट्रिय जिम्मेवारी थियो ।
त्यो जिम्मेवारी स्थानीय तहको निर्वाचन सम्म आईपुग्दा सफलतापूर्वक पुरा भयो भन्ने मलाई विश्वास छ र गर्व पनि छ । किनी पहाडमा भन्दा अझ बढी ठुलो संख्यामा जनता निर्वाचनमा एकवद्ध भएर सहभागी भए ।
अर्को कुरा सिराहामा मैले जे जती विकासका लागि काम गरेँ त्यासको परिणाम सिराहा जिल्लाको मेरो निर्वाचन क्षेत्रको सबै नगरपालिका माओवादी केन्द्रले जित्यो। यो नै प्रयाप्त प्रमाण छ ।

चितवन क्षेत्र नं ३ का जनातले प्रचण्डलाई किन रोज्ने  ?
१ विकास र समृद्धिका लागि
२ विकास र समृद्धिको राष्ट्रिय नेतृत्व पनि होस् भन्नका निम्ति रोज्ने, किनकी चितवनबाट राष्ट्रि स्तरको लिडरसीप र पटक –पटक प्रधानमन्त्री भएको म मात्र छु । त्यस कारण पनि चितवनको जनताले मलाई नै रोजीसकेको विश्वास छ ।

Promise Education Consultancy