प्रहरीसंग भिडन्तको तयारीमा रहेका ३ यूवा हतियारसहित पक्राउ

तनहुँ आँबुखैरेनी १८ मंसिर । आँबुखैरेनीबाट ४ थान पेस्तोल र गोली सहित स्थानीय ३ युवा रङ्गेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउपालिका–३ का २८ वर्षिय अभियान श्रेष्ठ, आँबुखैरेनी गाँउपालिका–४ का २४ वर्षिय विजय गुरुङ्ग र सोहि स्थानका वर्ष २६को जय गुरुङ्ग रहेका छन् ।

सोमबार विहान ईलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई प्राप्त विषेश सूचनाका आधारमा प्रमुख प्रहरी निरिक्षक लोक बहादुर गुरुङ्गको नेतृत्वको टोली र कृष्णदल गण ढकालटारबाट प्रमुख सेनानी अशोक कुमार कार्की नेतृत्वको संयुक्त टोलीले राति १२ बजेदेखि निरन्तर निगरानी गरी आज बिहानै उनीहरुलाई पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले युएसए निर्मित ६ राउण्ड गोली लोड भएको ३ थान पेस्तोल, त्यसैमा लाग्ने ३ थान एक्स्ट्रा म्याग्जिन, त्यसैमा लाग्ने ३९ थान एक्स्ट्रा गोली, गोली नभएको खाली अवस्थाको ईटालियन पेस्तोल १ थान, म्यागनम हतियारमा लाग्ने जस्तो गोलि ४८ थान, खेलौना पेस्तोल १ थान र चक्कु १ थान बरामद गरेको छ । आँबुखैरेनी गाँउपालिका वडा नं. ३ मा रहेको अभियान श्रेष्ठको घरमा निजहरुलाई पक्राउ गर्ने तयारी भैरहदा प्रहरीसँग भिडन्त गर्ने तयार अवस्था पाएपछि थप सुरक्षाको बलमा रुपमा सशस्त्र प्रहरी निरिक्षक चन्द्र कुमार थापा नेतृत्वको टोली समेत पुगेको थियो । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

Promise Education Consultancy