कृष्णभक्तको पहलमा नारायणगढ मेन रोडको घर भत्कन जोगियो

चितवन, १८ मंसिर । नारायणगढको पुलचोकदेखि पोखरा बसपार्क आसपासको घर नभत्काउनको लागि तात्कालिन संसद कृष्णभक्त पोखरेलले गरेको पहलले सार्थकता पाएको छ ।
पोखरेलले गरेको पहलको कारण अहिलेको सरकारले सो क्षेत्रलाई सहरी सडक भनी घर नभत्काउन गरेको निर्णयबाट स्थानीयहरु हर्सित भएका छन् । सहरी क्षेत्रमा सडक विस्तार गर्दा वास स्थान समेत नरहने भनी स्थानीयले विरोध गरेका थिए । स्थानीयको भावना र चाहनालाई समर्थन गर्दै निर्वातमान साँसद पोखरेलले अगुवाई गरी पोखरा वसपार्कदेखि मेनरोड हुदै पुलचोकसम्मको सडकलाई यथावत राखी पुराना बस्तीको संरक्षण गर्नुपर्ने अडान राखेका थिए ।
पोखरेलको समन्वयमा स्थानीय संघर्ष समिति, उद्योग वाणिज्य संघ चितवनको टोलीले यस विषयमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारलाई काठमाण्डौमा भेटी गम्भिर ध्यानाकर्षण गराएको थियो ।
हाल चितवन क्षेत्र नम्वर २ बाट वामगठबन्धनका तर्फवाट उमेदवार रहेका पोखरेलले सरकारले ढिलै भएपनि आफूहरुले गरेको पहलको सुनुवाई गरेकोमा खुसी ब्यक्त गर्दै स्थानीय जनताबाट स्यावासी मिलेको बताउनु भयो । “त्यसवेला सम्माननीय प्रधानमन्त्री र मन्त्री ज्युलाई मैले नै समन्वय गरेर गम्भिर ध्यानाकर्षण गराएको थिएँ” पोखरेलले भन्नु भयो “उवासंघका अध्यक्ष राजनजीको टोली र भिमवहादुर दाईको संयोजकत्वको संघर्ष समितिको टोली सहित हामीले भेटेर यर्थाथ अवस्था बताएर सरकारलाई प्रष्ट्याएका थियौँ ढिलै भएपनि हाम्रो पहलले सार्थकर्ता पाएकोमा खुसी छु, स्थानीय जनतावाट स्यावासी पाएको छु ।”
पोखरेलसंग उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम, नेपाली काग्रेसका नेता भिमवहादुर श्रेष्ठ सहितका व्यक्तिहरु गएका थिए । गत बिहीबार साँझ मन्त्रिपरिषद्को बैठकले नारायणगढको मेनरोड वरपर रहेका घरहरु नहटाउने निर्णय गरेको हो । सरकारको यो निर्णयले आफु खुसी भएको बताउदै पूर्व सांसद पोखरेलले विगतमा आफुले गरेको प्रयासले सार्थकता पाएको बताए । नारायणगढ बजारलाई सहरी क्षेत्र घोषणासमेत गरेकोमा थप खुसी भएको बताउदै उनले अव वन्ने वामपन्थी सरकारले यस बजारलाई सुन्दर सांस्कृतीक, ऐतिहासिक र व्यपारिक केन्द्र सहरको रुपमा विकास गर्ने बताए ।
२०३४ सालमा बनेको नारायणगढ–मुग्लिन सडक भन्दा पहिलाको बजार संरक्षण हुनुपर्ने माग आफुले पहिलेदेखि राख्दै आएको बताए । “स्थानीय उद्योगी व्यावसायीको टोली सहित कयौँ पटक फाईल बोकेर आफै हिडेको थिएँ” पोखरेलले भन्नु भयो –“सडक भन्दा पहिलेको २०११ सालदेखि वस्ती वसेको सहरको संरक्षण गर्न लागी पर्ने छु ।”
बजारको पुल्चोकदेखि आँपटारीसम्मको दुई किलो चार सय मिटर सडकलाई सहरी क्षेत्र घोषणा गरिएको छ । यस सडकखण्डमा करिब एक हजार एक सय घर छन् । नारायणगढको मेनरोडलाई बजारी क्षेत्रको सडक घोषणा गरिएपछि व्यवसायीहरु खुसी भएका छन् । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले यो निर्णयको स्वागत गर्दै यो सवैको पहलमा भएको बताउनु भयो । यसैगरी संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले यो निर्णयले खुसी भएको बताउदै आउने सरकारले यस बजारलाई थप व्यवस्थित बनाउने योजना ल्याउने अपेक्षा राखेको बताउनु भयो ।

Promise Education Consultancy