आज कक्षा ११ को नतिजा प्रकशित हुने

काठमाडौं, १८  मंसिर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फको परीक्षाफल अाज प्रकाशित गर्ने तयारी गरेको छ ।

निर्वाचन मुख्य कारण देखाउँदै परीक्षाफल प्रकाशित मिति सार्दै आएको बोर्डले आंशिकतर्फको परीक्षाफल भने सार्वजनिक गर्न लागेको हो । नियमिततर्फको परीक्षाफल भो पुषको पहिलो हप्ता सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ ।

परीक्षाफल ढिलाईको कारण कक्षा १२ उत्तीर्ण भएर कक्षा ११ को नतिजा कुरिरहेका विद्यार्थीहरु स्नातक तहमा भर्ना हुन सकेका छैनन् । जसले गर्दा नतिजा कुरिरहेका विद्यार्थीमा अन्योलता बढेको छ । दुई चरणमा सम्पन्न हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका कारण देखाउँदै बोर्डले परीक्षाफल पछाडि धकलेको हो ।

निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले नतिजा प्रकाशनको कामलाई थाँती राखिएको थियो । परीक्षाको नियमन अनुसार परीक्षा सम्पन्न भएको मितिले ३ महिनाभित्र नतिजा प्रकाशित गरिसक्नुपर्छ । बोर्डका अनुसार नियमित तर्फ ३ लाख ४८ हजार ६० र आंशिक तर्फ १ लाख ९९४ गरी मुलुकभरबाट ४ लाख ४९ हजार ५४ जनाले परीक्षा दिएका छन् । जसमा छात्रको संख्या २ लाख ११ हजार ८२२ र छात्राको संख्या २ लाख ३७ हजार ७९२ छ ।

नतिजा ग्रेडिङ प्रणालीबाटै

बोर्डले कक्षा ११ को नियमित तर्फको नतिजा भने लेटर ग्रेडिङमा निकाल्ने तयारी गरेको छ । कक्षा ११ को आंशिक परीक्षाको नतिजालाई भने पहिलेकै आधारमा प्रकाशन गरिनेछ । यो वर्ष ११ र अर्को वर्षदेखि १२ को नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन गर्ने तयारी बोर्डको रहेको छ ।
?उश्रयसअघि कक्षा १० को एसईईको नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशित गरिएको थियो । ग्रेडिङ प्रणाली वैज्ञानिक र अन्तर्राष्ट्रिय स्तरमा पनि मान्य भएकाले कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीबाट गर्ने तयारी गरेको हो ।