मिसपिस चितवन २०१७ को उपाधी सिमरनलाई

चितवन १८ मंसीर । सीमरन तिवारीले मिस पीस चितवन २०१७ को उपाधि जितेकी छन् । आईतवार राति झण्डै ११ वजे भरतपुर घर भएकी तिवारीले मिसपीस चितवन २०१७ को ताज पहिरेकी हुन् ।
गैडाकोटको नारायणी रिर्साटमा सम्पन्न प्रतियोगीतामा उनले १२ जना आफ्ना प्रतिष्पर्धीलाई पछि पारिन।मिसनर्स चितवन २०१४ की विजेता ममता पाण्डेले तिवारीको सिरमा ताज पहिराईदिइन् ।शिर्षताज सगै उनले मसि ट्यालेन्ट र मिस मल्टीमीडिया अवार्ड पनि हात पारिन।अवार्डसगै उनले नगद २५हजार रुपैया पनि प्राप्त गरिन ।


प्रतियोगीतामा फस्ट रनरअप सरिमा विश्वकर्मा र सेकेन्ड रनरअप सन्ध्या सुवेदी घोषीत भए । उनिहरुले क्रमश २० र १५ हजार नगद हात पारे ।
कुसुम विश्वकर्मा मिस पर्सनालिटी, सचिता सापकोटा मिस क्याटवाक,लल्मी गैरे मिस बव्ली, अनुसा शर्मा मिस फोटोजेनीक, र आयशा भट्टराई मिस स्माईल घोषित भए।
नर्सीगं पेशा अगाल्दै आएकी सिमरनले प्रतयिोगीतामा परिचय राउण्डदेखि नै आफुलाई आत्मविश्वासी बनाउदै लगेकी थिईन।
प्रतियोगीताको अन्तीम चरणमा सहभागीहरुलाई लिखित र मौखक दुवै प्रश्न सोधिएको थियो । सवै सहभागीलाई निर्णायकहरुले अलग अलग प्रश्न राखेका थिए। सहभागी प्रतिष्पर्धीहरु मध्ये आत्मविश्वासका साथ उत्कृष्ट जवाफ पेश गरेकी सिमरन नै मिसपिस चितवन २०१७ को उपाधि चुम्न सफल रहिन।


सहज मिडिया प्रालिले आयोजना गरेको प्रतियोगीताको निर्णयकहरुमा मिसनर्स चितवन २०१४ की विजेता ममता पाण्डे, नायीका ओसीमा बानु, भरतपुर अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट डा। रुद्रप्रसाद मरासीनी,समाजसेवी राकेशमान श्रेष्ठ र युवा ब्यवसायी शुसान्त सिहं ठकुरी रहेका थिए ।
कार्यक्रममा कोरियोगारफ सुजन गुरूड़ र अपॅना तामाड़को महत्वपूर्ण भूमिका थियो ।
कार्यक्रम सहज मिडियाको आयोजनामा भयको थियो ।

Promise Education Consultancy