बादरमुँढेलाई ग़लत तत्वहरूले कमाई खाने भांडो बनाए : प्रचण्ड (भिडियो)

चितवन, १७ मंसिर । नेकपा माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्दमा भूलवस भएको बादरमुढे घटनालाई राजनीतिक लाभका लागि उपयोग गरिएको बताऊनु भएको छ ।

चितवनको माडी नगरपालिकाको बसन्तपुरमा आयोजित बिशाल चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बादरमुढे घटनालाई उछालेर फ़ाईदा लिन खोजिएको बताऊनु भयो ।

“जनयुद्दको जगमा नै गणतंत्रको स्थापना भएको हो, संबिधान सभाबाट संबिधान बन्न सकेको हो ।” अध्यक्ष प्रचण्डले भन्नुभयो, “तर त्यो क्रममा केही गल्ती पनि भएका छन, त्यसमध्ये बादरमुढे घटना सबैभंदा ठूलो र स्तब्ध पार्ने घटना थियो । मैले र पार्टीले यो घटनामा गल्ती भएको धेरैपटक स्वीकार गरिसकेका हौ पनि । तर, कतिपयले यसलाई बल्झाई राख़्न खोजे ।”

 

आफु पहिलोपटक प्रधानमंत्री भएपछि पीड़ितहरूलाई भेटेर राहतलगायत अन्य मागहरू सम्बोधन गर्न खोजे पनि कतिपय कारणले सम्भव नभएको वहाँले बताऊनुभयो ।

लामो समयदेखि बिरोधमा रहेका पीड़ितहरूले आफुलाइ स्वागत गरेकोमा धन्यवाद दिदै अध्यक्ष प्रचण्डले माओवादी पार्टी र अब बन्ने सरकारबाट पीड़ितहरूका माग पुरा गर्ने प्रतिवद्दता गर्नु भयो ।

“मैले पीड़ितहरूसँग माओवादी केन्द्रको अध्यक्षको हैसियतले ३ बूँदे सहमति गरेको छू ।” अध्यक्षले भन्नुभयो, “अहिले के पी वलीजीले पनि त्यो प्रतिवद्दता व्यक्त गर्नु भो, यो अब बन्ने सरकारको प्रतिवद्दता हो, तपाईहरूका कुरा सुन्न सरकार नै आएको छ, तपाईहरूले बिगतको तितो बिर्सेर सही निर्णय गर्नु भएको छ, तपाईहरू विवेकसम्मत निर्णयका लागी धन्यवाद दिन चाहंछु ।”

सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मतदातालाई प्रलोभनमा पार्न ठूलो चलखेल भइरहेकोमा आक्रोश व्यक्त गर्नु भयो । चितवनका बिभिन्न बस्तीमा मतदातालाई पैसा, मासू र रक्सी बांडीएको सुनेको बताऊँदई अध्यक्ष प्रचण्डले चितवनका जनतालाई किन्न नसकिने बताऊनु भयो । “के चितवनका जनता भेडा बाख्रा हुन ? के चितवनका जनताको विवेकलाई पैसाले किन्न सकींछ ?” अध्यक्षले प्रश्न गर्नुभयो, “म पैसा बाडँन सक्दिन, मासू र रक्सी खुवाउन सक्दिन, मलाई चितवनका जनता विवेकि र स्वाभिमानी छन भन्ने थाहा छ, मलाई यहाँका जनताप्रति पूरा विश्वास छ ।”

चितवन जिल्लालाई विकासको नमूनाका रूपमा लैजाने योजना प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले चीनको तिब्बत र भारतको कलकत्ता जोड़ने ‘हब’ को रूपमा माडीलाई विकास गर्ने बताउनु भयो । केरूँगदेखि कलकत्ता जोड़ने राजमार्ग माडी भएर जाने उहाँले बताउनु भयो ।

माडीका जनताका समस्याहरुलाई एकीकृत समृद माडी विकास प्याकेज अंतर्गत हल गर्ने उहाँले बताउनू भयो । निकुंज क्षेत्रमा पिभीसी वालसहितको जाली, रिउ खोलामा तटबंध, माडीमा रिंगरोड लगायतका योजनामार्फ़त बिकासलाई गति दिने वहाँले बताउनू भयो ।

आजको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले समेत सम्बोधन गर्नु भएको थियो । यसक्षेत्रको विकासमा अध्यक्ष ओलीले समेत प्रतिवद्दता व्यक्त गरेकोले चितवन र माडी रास्ट्रिय तथा अंतरास्त्रिय चासोको केन्द्र बनेको अध्यक्ष प्रचण्डले बताउनु भयो ।