मतगणनामा दलका उम्मेदवार एवं प्रतिनिधिलाइ फोटोसहितको परिचय पत्र व्यवस्था गरिने

 

चितवन, मंसिर १८ । मुख्य निर्वाचन अधिकृत कुल प्रसाद शर्माले मतगणनामा दलका उम्मेदवार एवं प्रतिनिधिलाइ फोटोसहितको परिचय पत्र व्यवस्था गरिने वताएका छन् । मतगणनास्थलमा अनावश्यक व्यक्ति निषेध गर्नका लागि एक दल एक प्रतिनिधि सहभागि हुनुपर्ने उनको भनाइ छ । शर्माले यसअघि मतगणनामा तार जालि प्रयोग नगरिने उद्घोष गरेका थिए । स्वस्थ्य र स्वच्छ संस्कारमा मतगणना सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था कडा पारिने उनले जानकारी दिए । उम्मेदवारका प्रतिनिधि कम्तिमा ७ घण्टा मतगणना कार्यमा बस्नुपर्ने, विद्युतिय सामाग्री पुर्ण निषेध गरिने एवं उम्मेदवारलाइ आवतजावतमा सहज बनाइने शर्माको भनाइ छ । तारजालि लगाएर मतगणना कार्य सुरक्षित नहुने भन्दै उनले दरिद्र मानसिकता भएर त्यसो गर्नुपरेको उनले वताए । मतगणनालाइ व्यवस्थित गरि भिडतन्त्रको अन्त्य गरिने उनले जानकारी दिए । तारजालिको प्रयोग गरेर कैदी जसरी बस्नुपर्ने अवस्थाको कल्पना समेत नगर्न आग्रह गर्दै उनले आरामसंग कुर्चिमा बसेर मतगणना भएको हेर्न पाउने वताए ।

मतगणना स्थलमा पत्रकार र सुरक्षाकर्मीलाइ विशेष सुविधा उपलब्ध गराउने मुख्य निर्वाचन अधिकृत केपी शर्माले जानकारी दिए । पत्रकारका लागि मिट द प्रेस रुमको व्यवस्था गरिने शर्माको भनाइ छ । मतगणनाको प्रारम्भमा महिला कर्मचारी, महिला सुरक्षाकर्मी र महिला जनप्रतिनिधिहरुको राखि मतगणना गर्ने सोंच रहेको उनले वताए । शर्माले दिंउसोको समयमा मात्र महिला प्रतिनिधि राख्न राजनितिक दलहरुलाइ आह्वान गरेका छन् । मतगणनास्थल चितवन मावि नजिकै रहेको विरेन्द्र क्याम्पसमा टेण्ट टांगि स्पिकरको समेत व्यवस्था गर्ने सोंच रहेको उनको भनाइ छ ।