विजय उन्मुख बाम गठबन्धन

 

 

बाबुराम खरेल
नेपालको राजनीतिक क्षितिजमा २०७४ असोज १७ गतेको दिन महत्वपूर्ण र ऐतिहासिक परिघटनाको रुपमा रहेको छ । उक्त दिन हाम्रो देशका दुइ ठूला कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मिलेर प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जाने तथा चुनाव लगत्तै पार्टी एकतामा जाने निर्णय गरेका छन । वाम गठबन्धनमा जाने निर्णय सहित दुबै पार्टीका अध्यक्ष प्रमुख रहने गरी पार्टी एकता संयोजन समिति वनेको कुराले नेपाली राजनीतिमा नयाँ कम्पन पैदा गरेको छ ।

यो विषयले नेपाल भित्र र वाहिर राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा नेपाल प्रति सबैको ध्यान आकृष्ट भएको छ र अब नेपालको विग्रदो अवस्था सप्रने र नेपाल विकास, सबृद्धि र अग्रगमनको मार्गमा जान सक्ने आशा पलाएको छ ।
यसबीचमा चुनावी तालमेल रचनात्मक गतिका साथ व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढेको छ ।

सिट बाडफाडमा कुनै उल्लेख्य असमझदारी कहिकतै देखिएन । फटाफट अन्तर घुलनका साथ हजारौ कार्यकर्ताका मन एकत्रित भएका छन । संयुक्त चुनावी परिचालन समितिहरु वनिरहेका छन । प्रचार अभियानका काम, वाम गठवन्धनका संयुक्त आमसभा, घरदैलो लगायतको गति तिव्र वनेको छ ।

यो कुराले कार्यकर्तामा नयाँ जोश र उर्जा थपिएको छ र यसले जनतामा राजनैतिक दल र नेतृत्वप्रति भएको अविस्वासको वदला आशा जगाएको छ ।

प्राकृतिक साधन श्रोतमा हामी सम्पन्न हुदाहुदै देशको अस्थिर राजनैतिक अवस्था र सामन्तवादी शोषण उत्पीडनका कारण हामी अगाडि बढन सकेका थिएनौ । तर, अब गणतन्त्र आइसके पछि र संविधान कार्यान्वयन भै सकेपछि हाम्रो देशको राजनैतिक परिवर्तनको चरणको एउटा अवस्था पार भएको छ ।

अब विकास र आर्थिक सम्वृद्धिको चरणमा प्रवेशको लागि राजनैतिक स्थिरता आजको आवश्यकता हो । त्यसको पहिलो सर्त वाम एकता आज देशले पाएको छ र युगिन सन्देश प्रवाह गरि रहेको छ ।
समयको माग, जनता , राष्ट्र , र वस्तुगत परिस्थितिको आवश्यकता अनुरुप २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीका दुइ महत्वपूर्ण अंग (घटक) एक हुन लागेको विषयले नेपाली शोषित उत्पीडित श्रमजीवि वर्गमा नयाँ संचार पैदागरेको छ ।

यसले नयाँ नेपाल, सम्बृद्ध नेपाल, समाजबाद उन्मुख नेपाल चाहनेहरुमा नयाँ उर्जा थपिएको छ ।
यस पटक, परिआउदा जोखिम मोल्नसक्ने , बोल्ड डिसिजन गर्नसक्ने र निरन्तरतामा क्रमभंगता गर्नसक्ने लिडरसिप ओली र प्रचण्ड कमरेड सहितको नेतृत्वले गरेको यो विषय सामान्य परिघटना हुदै होइन ।

भित्र भित्रै तयारी भएपनि आकस्मिक र अप्रत्याशित लाग्ने यो निर्णय दूरगामी र अति महत्वपूर्ण भएको र झनपछि झन यसको सान्दर्भिकता वढिरहेको छ ।
बामगठबन्धन बनेर , व्यवहारत निर्वाचनमा उनीहरु मिलेरै जाने देखिसकेपछि नेपाली कांग्रेस अत्तालिएको देखिन्छ ।

विगत स्थानिय चुनावमा एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मत र दुइ शक्ति मिलेको कुराबाट जाने सन्देशले पार्ने प्रभावबाट नै कांग्रेसमा अबको निर्वाचन परिणाम आफु अनुकुल नहुने निष्कर्ष रहेको छ ।

त्यसकारण कांग्रेस अनेकौ हतकण्डा अपनाएर भएपनि चुनाव भाडने, भाजो हाल्ने काममा उद्दत देखियो । अनेकौ तिगडम तानावाना गर्न चाहे पनि बढदो वाम जनमत र प्रेसरका कारण अन्तत कांग्रेस चुनावमा जान वाध्य बन्यो ।

स्थानिय तहको चुनावमा एमाले २९४ माओवादी केन्द्र १०६ दुवैको जोड ४०० हुन्छ भने कांग्रेसको २६६ रहेको छ । यो प्रमुख पदमा आधारित डाटा हो ।

वडागत डाटामा विवेचना गर्दा वामगठवन्धनले प्राप्त गरेको मतलाई आधार मान्नेहो भने प्रतिनिधिसभाको करीव १ दर्जन सिट बाहेक अरु सबैमा वामहरुको अग्रता रहेको छ ।
यसरी नै हामी वसिरहेको चितवन जिल्लाको ताजा जनादेश र मतादेश दुबैको आकलनको आधारमा वाम लोकतान्त्रिक गठवन्धन कांग्रेस सहितको गठबन्धनको तुलनामा निकै अगाडी छ ।

हेरौ स्थानिय तह निर्वाचन २०७४ को निर्वाचन परिणामको विश्लेषण  :

 

क्र.सं.

 

स्थानिय तहको नाम

 

वडा सं :

 

विजयी वडा
एमालेनेकामाके
राप्ती नपा१३११
खैरहनी नपा१३
रत्ननगर नपा१६१०
कालिका नपा११
भरतपुर मनपा२९१४१२
माडी नपा
इच्छाकामना गापा
जम्मा९८५६३५

यसरी नै चितवनका प्रतिनिधिसभाका ३ क्षेत्र र प्रदेशसभाका ६ क्षेत्रमा वाम गठवन्धन (एमाले तथा माओवादी केन्द्र)र लोकतान्त्रिक गठवन्धन(नेका तथा राप्रपा)ले विगत स्थानिय चुनावमा पाएको मतको अवस्था :

क्षेत्र नं. १क्षेत्र नं. २क्षेत्र नं. ३
प्रदेश कप्रदेश खजम्माप्रदेश कप्रदेश खजम्माप्रदेश कप्रदेश खजम्मा
बाम ग.(एमाले)२१९२१२४३९९४६३२०१९६१०१९७९६३९४०६२२०८९२०५९९४२६८८
लो.ग.(नेका)१२७७८१८८३५३१६१३१५००९१२५७१२७५८०२०७१२१४३१४३५०२६

विगत देखि नै संख्यात्मक हिसावले वामपंथी जनमत बढी भएको चितवनमा दुबै वाम पार्टी मिलेर चुनावमा भाग लिइ रहेको सन्दर्भमा, यसपटक पार्टी निर्णयलाई चितवनका कार्यकर्ता र कम्युनिस्ट समर्थक पङ्तिबाट गरिएको साथ समर्थनको कारणको आधारमा विगतको स्थानिय चुनावमा भन्दा २१ गते हुने चुनावमा मत अरु बढने आकलन गरिएको छ । यसरी नै भरतपुरमा माघ ५ गते सम्पन्न विशाल आमसभा र स्थानिय तहमा भएका चुनावी गतिविधि र चुनावी माहौलका आधारमा यसपटक चितवनका ३ वटै प्रतिनिधिसभा क्षेत्र र ६ वटै प्रदेशसभा क्षेत्रमा फराकिलो मतान्तर सहित वाम गठबन्धनका उम्मेदवार विजयी हुने देखिन्छ ।
२००७ सालबाट शुरु भएको सामाजिक परिवर्तनको यात्रामा नेपाली कांग्रेसको नेतृत्वमा सात सालमा हतियार उठेको छ, तिसको दशकमा झापा विद्रोह अहिलेका एमाले नेताहरुको नेतृत्वमा भएको छ । यसरी नै अनेकौ संघर्ष,आरोह,अवरोह र आन्दोलनका श्रृङ्खलाको लामो विरासत लोकतन्त्र र जनवादको निम्ति भएको छ ।

हजारौ शहीद, घाइते अपाङ्ग र वेपत्ता योद्धाहरुको योगदान परिवर्तनको निम्ति भएको छ । २०३६ र २०४६ का परिवर्तनले मात्रात्मक फड्कोको रुपमा अधिकार प्राप्त भएका छन भने २०६२÷०६३ को परिवतनले निर्णायक गोल हानेको छ र यसले सामन्तबादको प्रतिनिधिमुलक संस्था राजतन्त्रको अन्त्य गरेको छ । अरु सबैको आ आफ्नो ठाउँमा भुमिका छदैछ , यो पछिल्लो समावेशी लोकतन्त्र सहितको गणतन्त्र प्राप्तिको निर्णायक गोल २०५२ देखि शुरु भएको माओवादी जनयुद्धको आधारबाट नै प्राप्त भएको हो ।

यो परिवर्तनका महानायक र अहिलेको राष्ट्रिय राजनीतिको केन्द्रमा रहनु भएका एक शिर्ष नेता क. प्रचण्ड यस पटक वामगठवन्धनको तर्फबाट चितवनमा उम्मेदवारी दिने कुराले अब चितवनमा विकास र सबृद्धिको युग शुरु भयो भनेर चितवनको राजनीतिक माहौल बढेको छ । यसरी नै वाम गठबन्धनको तर्फबाट उठने उम्मेदवारहरु चर्चित नेता सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल रहनु भएको छ भने प्रदेश सभा तर्फ दावा लामा, कृष्ण खनाल, घनश्याम दाहाल, विजय सुवेदी, कृष्ण भुर्तेल र रामलाल महतो यी सबै नेता चितवनको माटोमा भिजेका योग्य र खोट रहित विकास प्रेमी व्यक्तित्व रहनु भएको छ । त्यसैले पनि यसअघिको अभिमतको तुलनामा चितवनमा यसपटक वामपन्थी मत अरु बढने आकलन गरिएको छ ।

 

 

 

 

 

Promise Education Consultancy