निर्दोषलाई फसाउन खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय घेराउ

वीरगंज, १७ मंसिर । निर्दोषलाई फसाउन खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सालाई तीन घण्टा घेराउ गरिएको छ ।पर्सा जिराभवानी गाउँपालिका वडा नं १ जगतियाका सर्वसधारणले विहान ११ बजे देखि दिउँसो २ बजे सम्म घेराउ गरेका हुन् ।
जगतियाका एक जना शिक्षकलाई पर्सा प्रहरीले गलत किसिमले फसाउन खोजेको भन्दै त्यसको विरोध स्वरुप जिल्ला प्रहरी कार्यालय पर्सालाई घेराउ गरिएको हो ।
स्थानिय गोविन्द चौधरीको नेतृत्वमा वीरगंज आएका करिब ३ सय जनाले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन् ।उनका अनुसार विगत २० वर्ष देखि शिक्षक बोर्डिग स्कूल सञ्चालन गर्दै आएको तर आज सम्म उनको बारेमा कुनै गलत कुरा नसुनेको र उनको आचरण घटना विपरित भएकोले उनको रिहाईको माग गरिएको हो ।
चुनावको बेला राजनीतिक पुर्वाग्रहले केही मान्छेले जगतीयाका शिक्षक त्रिलोकी झालाई नियन्त्रणमा लिएको उनीहरुको आरोप छ ।‘कसैले शिक्षक झाको धानको भकारीमा गाजा र नलकटुवा पेस्तोल राखी पक्राउ गर्न लगाएको हुन्,’गोविन्द चौधरीले भने । शिक्षक झा जगतीयामा रहेको ज्ञानमाला एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् ।
वशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सेढवाबाट प्रहरी नायव निरीक्षक रामराजा पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिवार झाको घर अगाडि रहेको भकारीभित्रबाट एक थान नालकटुवा पेस्तोल र गाँजा बरामद भएपछि उनलाई हिरासतमा लिएको थियो ।जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका टोलवासीलाई पर्साका एसपी डा।गणेश रेग्मीले अनुसन्धान चलिरहेको र निर्दोष भटिए रिहा गर्ने आश्वासन दिएका छन् ।

Promise Education Consultancy