विक्रम पाण्डेको ‘मित्र’ मन्त्री लामा प्रचण्डको पक्षमा भोट माग्दै

चितवन ,१७ मंसिर । पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकको कारबाहीमा परेका उद्योग राज्यमन्त्री रेशम कुमार लामा चितवनमा वाम गठबन्धनको कार्यक्रममा सहभागि भएका छन् ।

उनी आइतबार चितवनको माडी नगरपालिकास्थित बसन्तपुरमा आयोजित वाम गठबन्धनको चुनावी सभामा सहभागि भएका हुन् ।

शनिबार मात्रै राप्रपा प्रजातान्त्रिकले उनलाई महामन्त्रीको जिम्मेवारीबाट हटाउँदै राज्यमन्त्रीबाट पनि मदमुक्त गर्न प्रधानमन्त्रीसमक्ष सिफारिश गरेको थियो । तर, उनको पदबारे प्रधानमन्त्री शेरबहादुर देउवाल निर्णय लिइसकेका छै्रनन् ।

उनले लोकतान्त्रिक गठबन्धनलाई अहसयोग पुग्ने गरी गतिविधि गरेको राप्रपा प्रजातान्त्रिकको आरोप छ ।

वाम गठबन्धनको सभामा राज्यमन्त्रीकै हैसियतामा सहभागि भएका लामाले चितवन ३ बाट प्रचण्डलाई जिताउनुको विकल्प नभएको बताए ।

उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डे आफ्नो मित्र भएपनि प्रचण्डको पक्षमा मत माग्न आफू चितवन आएको बताए ।

‘लोकतान्त्रिक गठबन्धन बनाएर जनता झुक्याउने काम भएको छ । तर वाम गठबन्धन अहिले देशको लागि आवश्यक छ’, उनले भने, ‘यसमा मेरो स्वार्थ छैन । जनताको समृद्धिलाई सबै छाडेर वाम गठबन्धनलाई सहयोगी बनेको हुँ ।’

उनले राजनीतिक स्थायित्वका लागि वाम गठबन्धनलाई भोट हाल्न आह्वान समेत गरे । सो सभामा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डलगायतका नेताहरुको सहभागिता रहेको छ ।

Promise Education Consultancy