ओलीको चेतावनी : अब नेपालको आन्तरिक मामिलामा हात हाल्न खोजे पोलिन्छ

विराटनगर, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आन्तरिक मामिलामा हात हालेर गिजोल्न खोज्नेका दिन अब सकिएको बताएका छन ।

विदेशीको चलखेलकै कारण आफू सरकारबाट बाहिरिनु परेको आरोप लगाउदै ओलीले अब त्यस्ताका दिन सकिएको बताए । यदि नेपालको आन्तरिक मामिलामा कसैले हात हाल्न खोज्छ भने उ पोलिएर सकिने दावी गरे । ओलीले अब बन्ने सरकार दुई तिहाई मतसहितको हुने भएका कारण फेरि हात हाल्न खोजे त्यसले क्षति व्यहोर्ने दबाए ।

विराटनगरमा आयोजित वाम गठबन्धनको भुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘अब आन्तरिक मामलामा कसैले हात घुसारेर खेल्न नखोजे हुन्छ । वामपन्थीको दुईतिहाइ आएपछि हात घुसारे भने पोल्नेछ ।’

माओवादी र एमाले मिलेपछि अव देशमा भ्रष्टाचारको अन्त्य, कृषिको आधुनिकिकरण, सरकारी, निजी तथा सहकारीको आधारमा विकास निर्माण गर्ने, उद्योगको स्थापना गर्ने र राष्ट्रियताको प्रवर्द्धन गर्ने ओलीको भनाइ छ ।

ओली कांग्रेसका उम्मेदवार जस्तो एमालेका लालबाबु र माओवादीका अमन मोदी भ्रष्टाचारी नभएको बताउदै पैसा बाँडेर आफ्नो पक्षमा मत पार्छु भन्ने दिन सकिएको टिप्पणी गरे ।

मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितले नेपाली कांग्रेसले नै विराटनगरलाई दोस्रो ठूलो शहरवाट छैठौं सहरको स्तरमा पुर्‍याएको भन्दै चर्को आलोचना गरे । सभामा नेकपा माओवादी केन्द्रका लीलामणि पोखरेल र मोरङ क्षेत्र नं ४ का नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले विराटनगरको वृहत्तरको विकास लागि वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

Promise Education Consultancy