मतदाता काग्रेसलाई भोट दिन आतुर : राजेन्द्रप्रसाद बुर्लाकोटी

अनिता अर्याल
चितवन, १७ मसिर । चितबन क्षेत्र न १ का प्रतिनीधिसभा सदस्यका उमेदबार राजेन्द्रप्रशाद बुर्लाकोटिले काँग्रेसले देशका हरेक समस्यामा अभिभाबकको भूमिका निर्बाह गरेको बताउँनुभयो ।उहाँले अबको समय संबिधान कार्यान्वयन संगै बिकासको भएकाले अहिले पनि जनताले काँग्रेसलाई मायाँ गर्ने बिश्वास व्यक्त गर्नु भयो ।

हरेक आन्दोलनमा काँग्रेसले खेलेको भूमिकालाई जनताले नबिर्सने भन्दै उहाँले यसपटक मतदाता काग्रेसलाई भोट दिन आतुर रहेको भन्दै आफु अत्यधिक मतले बिजयी हुने बताउनुभयो ।
आसन्न प्रतिनीधि र प्रदेससभाको निर्बाचनका लागी रात्ती नगरपालीका ५, ६ ,१२ ,१३ नम्वर बडामा भएको घरदैलो र कोणसभाका क्रममा बोल्दै उहँले सो कुरा बताउनु भएको हो । स्थानीय समस्या खानेपानी , सडक , मार्ताल खोलामा तटबन्ध, ढल ब्यवस्थापन लगाएतका समस्या समाधानका लागी अवको समय खर्चने बताउनुभयो ।राप्ती नगरपालीकाका बडा नम्बर १२ , १३ मा बिजुली बत्तिको दोहोरो लाईन समेत अहिलेसम्म नपुगेको भन्दै बुर्लाकोटीले अब बिकास गर्ने जिम्मा कांग्रेसलाई छोडिदिन आग्रह गर्नुभयो ।
त्यसै गरी चितबन क्षेत्र न १ का प्रदेससभाका उमेदबार उत्तम आचार्यले आफू यही ठाँउको बासिन्दा भएको र यहाँका समस्यासँग सधै जानकार रहेको र यहांँको समस्या समाधान गरी यस क्षेत्रको मुहार फेर्नकालागि आँफू सधै लागिपरेको बताउनुभयो।

अब आँफू विजय भएपश्चात यी ठाँउको समस्या सधैकालागि समाप्त हुने उहांँले बताउनुभयो । स्थानिय चुनाबमा जितेकाले अहिलेसम्म कुनै समस्या लाई सम्वोधन नगरेको आरोप लगाउदै उहँले भन्नुभयो “सोच्नुस् सोच्ने बेला यही हो” ।’

आचार्यले निर्वाचनमा कांग्रेसको पक्षमा मतदात गरेर आफूलाई काम गर्ने अवसर दिनुहुन अनुरोध गर्नुभयो । बल्ल बल्ल ल्याएको सबिधानको सहि कार्यान्यवन गर्नका लागी , लोकतन्त्र, विकास, समृद्धिकालागि कांग्रेसको पक्षमा मतदान गर्न अनुरोध गर्नुभयो ।

‘लोकतन्त्रको रक्षाकालागि, लोकतान्त्रीक संविधानको सहि कार्यान्वयन , शान्तिक, समृद्धि र, विकासकालागि कांग्रेसलाई मत दिनुस्’ आचार्यले भन्नुभयो–‘त्यसपछिको जिम्मा त हाम्रो हो हामी तपाईहरुलाई विकाससँगै समृद्धि लिएर पुनः आउनेछौ ।’आचार्यले जनताको सुःख, दुःखमा साथ दिने र जनताको मर्म बुझ्ने नेतालाई जनताले चुन्न आबश्यक रहेको बताउँदै उहाँले जनताले पार्टी भन्दा माथि उठेर एक पटक आँफुलाई बिश्वास गर्न आग्रह गर्नु भयो । सबैले चुनाबी नारा दिए, अब बिकासको समय आएको छ भन्दै उहाँ बिकासका लागि काँग्रेसको जित अपरिहार्य रहेको बताउनु भयो ।
आज आइतबार डुम्रीचोक बाट शुरु भएको घरदैलो कार्यक्रम बिसालनगर ,पारीजातचोक ,गैरीगाँउमा पुगेर कोण सभा गरीएको थियो । आजै रत्ननगर नगरपालीका १४, १६ को सयूत्त कोणसभा पिठुवा चोकमा सम्पन्न भएको नेपाली कग्रेश रत्नननगर सभापति रुपनराज घिमीरेले बताउनुभयो ।

 

Promise Education Consultancy