यी हुन् निर्माण व्यवसायी गौचन हत्याका मुख्य योजनाकार

काठमाडौं, १७ मंसिर ।काठमाडौं स् केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले आइतबार निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकारलाई सार्वजनिक गरेको छ ।
काठमाडौं महानगरपालिका १३ वाफल स्थायी घर भएका २८ वर्षीय समीर मानसिंह बस्नेतलाई सीआईबीले आइतबार सार्वजनिक गरेको हो । बस्नेत भूपु प्रहरीका छोरा हुन् । उनी लामो समयदेखि गैरकानुनी गतिविधिमा संलग्न हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।