बादरमुढे पिडितहरुसंग प्रचण्डको ३ बुदेँ सम्झौता, हेरौँ ३ बुदेँ सहमति

राजेन्द्र आचार्य
चितवन १७ मंसिर । चितवनको माडीस्थित वादरमुढे पिडीतहरुसंग नेकपा माओवादी केन्द्रले सम्झौता गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडीतहरुसंग आज चितवनको माडीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

आज माडीमा आयोजित सभामा जाने क्रममा माडी नगरपालिकाको रोहवरमा नगरपालिकामै माओवादी अध्यक्ष प्रचण्डले पिडीत २९ जनाका विचमा ३ वुदे सम्झौता भएको हो ।

सम्झौतामा मृतकका आश्रित परिवारलाई अवस्था हेरी का मगर्न सक्नेलाई रोजगारी,नसक्नेका लागि जीवनवृति,वालवालिकाको पठनपाठनको व्यवस्था गर्ने पहिलो वुदामा उल्लेख गरिएको छ । त्यस्तै घाइतेको औषधी उपचारको व्यवस्था गर्ने र का मगर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृतिको व्यवस्था गर्ने सम्झौता गरिएको छ ।

त्यसैगरी तेस्रो वुदामा घटनामा ज्यान गुमाएकाको सम्झनामा कम्तीमा पनि १० विगाहा क्षेत्रमा पार्क वनाउने र त्यसलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने आज गरिएको सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौतापत्रमा माओवादी केन्द्रका तर्फवाट माओवादी अध्यक्ष प्रचण्ड र पिडीतहरुको तर्फवाट विकास लामिछाने,कृण्ण तिवारी,कृष्ण आचार्य,हरी न्यूरे(सुदिप),मंगली पुनले सम्झौता गरेका छन् ।

सम्झौतापछि पीडितहरुलाई माओवादी अध्यक्ष प्रचण्डले सम्झौता पूर्णरुपमा पालना हुनेमा विश्वास दिलाएका थिए । पिडीत हरी न्यूरे(सुदिप र विकास लामिछानेले जसले घटना गराएको हो उसैवाट मात्रै मल्हम खोज्दै आफुहरुले सम्झौता गरेको र पालना हुनेमा पूर्ण विश्वस्त रहेको प्रतिकृया दिएका छन् ।

अतिरन्जीत गर्ने तत्वहरुको एकजुट भए सामना गर्ने उद्घोष

सम्झौता गदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडितहरुसगँ भएको सम्झौता पुर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले केहि तत्व अझै पनि खेल्न सक्ने भन्दै अब पिडित र आफुहरु मिलेर सहकार्य गर्ने बताए । घटनालाई अतिरन्जीत गर्ने तत्वहरुको एकजुट भए सामना गर्ने उद्घोष पनि गरेका थिए ।

अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै पीड़ितहरूले बादरमुढेको नाममा धेरैले राजनीति गरेको बताए । “पीड़ितहरूमाथि र केही पीड़ितहरूले पनि अरु पीड़ितहरूमाथि थप पीड़ा थोपरेकोले अब आफ्ना समस्याको हल द्वेस र द्वन्दबाट नभइ प्रचण्डको पहलबाट मात्र संभव हुने निर्क्यौलमा पुगेर प्रचण्डको स्वागत गर्न आएका हौ ।” स्वागतपछि अध्यक्ष प्रचण्डसँग ऊनीहरूले भने ।

यसअघि पनि प्रचण्डले माडीमा ६० लाखको राहत प्याकेज घोषणा गरेका थिए तर कार्यान्वयनमा आउन सकेको थिएन् । दुई साता अघि मात्रै प्रचण्डले बादरमुढे स्मारकमा आफै एकाबिहानै पुगेर माल्यार्पण गरेका थिए । यो जनयुद्धको सबैभन्दा ठुलो भुल भएको स्वीकार समेत गर्दै आएका थिए ।

Promise Education Consultancy