प्रचण्डलाई बादरमुढे घटना पिडितद्धारा माडीमा पुष्पगुच्छासहित स्वागत (फोटोफिचर)

चितवन, १७ मंसिर । चितवनको बादरमुढे घटना पिडितहरु पहिलो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गरेका छन् ।
माडी आयोजित बृहत चुनावी सभाका लागि माडी आएको प्रचण्डलाई बादरमुढे घटनाका २९ पिडितहरु ब्यानरसहित फुलगुच्छाले स्वागत गरेका हुन् ।


जसले हामीलाई पिडा दियो उसले हामीलाई मलम लगाउनुपर्छ भन्ने हाम्रो मागलाई सम्बोधन गर्ने सहमति भएपछि आफुहरुले स्वागत गरेको पिडित विकास लामिछानेले जानकारी दिए ।
यसैविच सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै छन् ।


सभा औपचारिक रुपमा केहीबेरमा सुरु भएको छ । सभामा हजारौको संख्यामा नेता कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको बताएइको छ ।
सभालाई मध्यनजर गर्दै चितवनको सुरक्षा व्यवस्था उच्च बनाइएको छ । पछिल्लो समय चुनावी सभालाई लक्षित गरी विष्फोटनका घटनाहरु भएपछि सुरक्षा व्यवस्था चुष्त पारिएको छ ।
चुनावी सभामा अहिले राष्ट्रिय कलाकारले सांस्कृतिक कार्यक्रम गरिरहेका छन । पछिल्लो समय प्रचण्ड जिताउने अभियानमा थुप्रै राष्ट्रिय कलाकारहरु चितवनमा सक्रिय छन ।
चुनावीसभामा हस्यकलाकार माग्ने बुढादेखि मनोज गजुरेल, चेतन सापकोटा, दिनेश डीसी लगायतको प्रस्तुती रहनेछ ।