तिन प्रकारका संक्रमणको सामना गर्दे नारायणकाजी

काठमाडाैं  १७ मंसिर । नेकपा माअोवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको छाती, घाँटी र रगतमा संक्रमण देखिएको छ । गोरखा–२ का प्रतिनिधिसभा सदस्यका  उम्मेदवारसमेत रहेका श्रेष्ठ  अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए ।

चुनाव प्रचारका क्रममा गोरखाको ग्रामीण क्षेत्रमा  लडेर घाइते भएका  श्रेष्ठलाई  त्यही बेलादेखि नै  ज्वरो आएको थियो । अस्वस्थताका बीच चुनावमा खटिएका श्रेष्ठ १० मंसिरमा मतदान सकिएपछि लगत्तै ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएका थिए ।

श्रेष्ठका  सचिवलायका अनुसार ‘उहाँलाई छाती, घाँटी र रगतमा संक्रमण देखिएको छ।’ साथै  भाइरल ज्वरो पनि छ । चिकित्सकले उनलाई अझै एक/दुई दिन अस्पतालमै बस्ने सल्लाह दिएका छन् । दोस्रो चरणको निर्वाचनका लागि वाम गठबन्धनका नेताहरुको चुनावी अभियानमा सघाउने कार्यक्रम रहेपनि उनी अस्वस्थताका कारण अस्पतालमै बसेर आराम गर्नुपर्ने अवस्था आएको बताइएको छ ।

Promise Education Consultancy