मोरङ क्षेत्र नं. ६ (१)को उम्मेदवार जीवन भन्छन् विरानगर १ प्रदेशको राजधानी हन्छु , पढौँ पुरा जिवनी

मोरङ, १७ मंसिर । प्रदेशसभा सदस्यमा मोरङ क्षेत्र नं. ६ (१)को उम्मेदवार जीवन आचार्यले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।


चुनावी प्रचारप्रसार गर्ने अन्तिम समय सकिनै लाग्दा उनले यतिवेला जनताको घरघरमा पुगेर भोट माग्ने मात्र होईन् जनताका पिरमर्का बुझ्ने देखि विकासे एजेण्डाहरु बुझिराखेका छन् । आचार्यलाई अहिले चुनावी घर दैलो अभियानमा उत्साहका साथ युवा, वृद्ध, महिला तथा केटाकेटीले समेत दिइरहेका छन् ।
सो अवसरमा उनले आफ्नो विकास र समृद्धीको एजेण्डा राखन्ुका साथै जनताको गुनासो समेत सुनिरहेका छन् । अभियानमा साथ दिने जनताको उत्साहका आधारमा उनको जित सुनिश्चित जस्तै भएको घरदैलोमा सहभागी भइरहेको बताउछन् ।


उनीसगैँ क्षेत्र नं. ६ का प्रतिनिधिसभाका उम्मेदवार लालबाबु पडिण्त पनि अहिलसगैँे कृषकको खेतबारीदेखि बजार क्षेत्रसम्म पुगेर भोट मागिरहेका छन् ।
उनले विराटनगरलाई प्रदेश न. १ को राजधानी बनाउन महत्तपूर्ण पहल गर्ने बताउँदै काँग्रेसले समेत बेवास्ता गरेको पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको पालामा विराटनगरमा घण्टाघर बनाउने कुरा आफूले पुरा गर्ने बताए ।


साथै औद्योगिक क्षेत्रको संरक्षण, जोगबनी किमाथांका सडक सञ्चालन, गछिया, पुष्पलालचोक सडक स्तरोन्नति, कृषि कलेज स्थापना, हसिना सिमसार क्षेत्र संरक्षण, दलित र गरिब विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा, आदिवासीको संग्राहलय स्थापना, युवा, महिला र बेरोजगारलाई उद्यमशीलता तालिम, आय आर्जनका कार्यक्रम सञ्चालन, अस्पतालको स्थापना, दिगो तटबन्ध निर्माण, र युवालाई प्रविधिमैत्री बनाउने आफ्ना एजेण्डालाई मुख्य रुपमा प्रथामिकता रहेको आचार्यले बताए ।
को हुन् त आचार्य ?
निम्न मध्यमवर्गीय परिवारका जीवन आचार्य मोरङ हात्तीमुडामा जन्मिएर सोही ठाउँमा हुर्केका युवा हुन्। स्थानीय समस्यासँग परिचत रहेको बताउने उनले महेन्द्र मोरङ क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका छन् ।
द्वन्द्वकालमा ०५८ देखि माओवादी पार्टीमा संगठित भएका उनले पारिवारिक अवस्थाले गर्दा कम्युटर व्यवसाय थालेका थिए । विराटनगरमा कम्युटर व्यवसाय गर्दै गर्दा उनी चीनबाट कम्युटर आयात गर्ने सफल व्यवसायी बनेका थिए ।


पछि उनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी कान्छी पुत्रीसँग विवाह भएको थियो। पूर्वसांसद अमनलाल मोदी र आचार्य सँगसँगै विद्यालय र कलेज पढेका हुन् ।
आचार्यलाई यहाँ धेरैले प्रचण्डको ज्वाइँभन्दा पनि भिजन सहितको उम्मेदवारको रुपमा लिन थालेका छन् ।
आचार्यले विराटनगर विमानस्थलको स्तरोन्नतिमा जोड दिएका छन् ।

 

 

Promise Education Consultancy