नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ चितवन च्याप्टरको संयोजकमा सुदिप बगाले

चितवन, १६ मंसिर । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ चितवन च्याप्टरको संयोजकमा सि.ए.सुदिप बगाले चयान भएका छन् । शनिवार उद्योगा वाणिज्य संघ चितवनको सभाहलमा भएको पहिलो भेलाले बगालेलाई सर्वसहमतिले चयान गरिएको हो ।
यसैबीच सचिवमा सि.ए निशान पौडेल र कोषाध्यक्ष सि.ए सन्तोष रेग्मि चयान भएका छन् ।
अन्य सदस्यहरुमा सि.ए.विकास अधिकारी, सि.ए.लक्ष्मण अधिकारी सि.ए संगम आचार्य सि.ए विकास तिवारी, सि.ए अनुप अर्याल, सि.ए.पवन गौतम र सिए शैलेस डल्लाकोटी निर्विरोध चयान भएका छन् ।


यसैबीच संरक्षकमा सि.ए. दिनेश कुमार चुकेलाई मनोनय गरिएको छ भने सल्लाहकारुमा सिए सन्तोष तिमिल्सिना, सि.ए. शुसिल घिमिरे, सि.ए. विमन कार्की, र सि.ए. सुवास वाग्लेलाई मनोनयन गरिएको छ ।
नेपाल चार्टर्डस एकाउन्टस् संघको चितवन च्याप्टर नेपाल चार्टर्ड एकाउन्टस् संघका अध्यक्ष सि.ए. हरि सिलवालको सभापती र उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमको प्रमुख आतिथ्यमा उद्योग वाणिज्य संघको हलमा भेलाको उद्घाटन गरिएको थियो ।