निर्वाचनलाई मर्यादित बनाउन रत्ननगर नगरपालिकाको आग्रह

चितवन, १६ मंसिर । रत्ननगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मर्यादित र अर्थपूर्ण बनाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

नगरपालिकका मेयर नारायण वनले शनिवार विज्ञप्ती जारी गरी भयमुक्त बातावरणमा निर्वाचन सम्पन्न गर्ने कार्यमा सबैले सहयोग गर्नुपर्ने बताएका छन ।

निर्वाचनलाई लक्षित गरी चितवन सहित देशका विभिन्न क्षेत्रमा भईरहेका घटना निन्दनीय भन्दै नगरपालिकाले निर्वाचन प्रभावित हुने यस्ता घटना बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह समेत गरिएको छ ।

२०७२ सालमा जारी भएको लोकतान्त्रिक संविधानको पूर्ण कार्यान्वयको लागि आसन्न निर्वाचन अभिन्न अंग रहेको विज्ञप्तीमा जनाईएको छ । एतिहासिक प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा विकास,संमृद्धि र दीगो शान्ति स्थापनाको महान अभियानमा सहभागी हुन नगरवासीहरुलाई मेयर वनले विज्ञप्ती मार्फत आग्रह समेत गरेका छन ।

Promise Education Consultancy