सुकमवासीलाई उम्मेदवार खनालले भने तपाईहरुलाई लालपूर्जा हामीले दिने हो

चितवन, १६ मंसिर । चितवन क्षेत्र नं.१ प्रदेश सभा(ख)का उम्मेदवार कृष्णप्रसाद खनालले निर्वाचन पछि बन्ने प्रदेश सभाले सुकुमवासीलाई लालपूर्जा वितरण गर्ने बताएका छन ।

सुकुमवासी सुधार समितिले शनिवार रत्ननगरल १३ जयमंगलामा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उम्मेदवार खनालले प्रदेश सभाले भूमि व्यवस्थापन नीति ल्याएर रत्ननगरका सुकुमवासीहरुलाई लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने बताए । अहिले निर्वाचनको बेला छ,तपाईहरु कसैको बहकाउन नलाग्नुहोस खनालले भने तपाईहरुलाई लालपूर्जा दिने हामीले हो ।

प्रतिनिधि सभा र प्रदेश सभामा बाम गठबन्धनले ७० प्रतिशत भन्दा बढि सिट ल्याएर चुनाव जित्ने र बाम गठबन्धनको सरकारले नै सुकुमवासीहरुलाई लालपूर्जा वितरण गर्ने उनको भनाई छ ।

१०५१ सालमा तत्कालिन एमालेको सरकारले ६० हजार सुकुमवासीलाई लालपूर्जा वितरण गरेको स्मरण गराउदै उम्मेदवार खनालले २०७४ सात भित्रै सुकुमवासीको हातहातमा लालपूर्जा दिने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाल सुकुमवासी सुधार समितिका अध्यक्ष फुलमान तामाङले सुकुमवासीका समस्याका बारेमा उम्मेदवार खनाललाई ध्यानर्कषणपत्र बुझाएका थिए ।

Promise Education Consultancy