काग्रेसका बुर्लाकोटीद्धारा पुर्वी चितवनको रत्ननगरका वडाहरुमा घरदैलो

 

चितवन, मंसिर १६ । चितवन क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्रप्रसाद बुर्लाकोटीले आज पुर्वी चितवनको रत्ननगरका विभिन्न वडाहरुमा घरदैलो तथा कोण सभा गरेका छन् ।

घरदैलो तथा कोण सभा कार्यक्रममा बुर्लाकोटीलाई टोल टोल बाट स्थानीयहरुले भब्य स्वागत गरेर चुनावी अभियानमा साथ दिएका छन् । र.न.पा–५ तरौलीमा आयोजित कोण सभा कार्यक्रममा बुर्लाकोटीलाई स्थानिय थारु समुदायले थारु नाच समेत देखाएर स्वागत गर्दै चुनाबी अभियानलाई सहयोग गरेका थिए भने थारु भाषा बाटनै भोट समेत मागेर कार्यकर्ताहरुले उम्मेद्वार बुर्लाकोटीलाई जिताउन अपिल गरेका थिए ।

कोण सभामा प्रदेससभा ख का उम्मेद्वामर उत्तम आचार्य लगाय विभिन्न स्थानिय काँग्रेस नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित थियो । त्यसैगरी कलाकार बालचन्द्र बरालले घरदैलो तथा कोण सभाहरुका गित गायर स्थानियहरुलाई छमछम नचाएका थिए ।

कोण सभामा बोल्दै बुर्लाकोटीले यदि जिताएर पठाए आँफुले भ्रष्टचारमुक्त समाज र गुणष्तर युक्त काम गर्ने प्रतिबद्घता जायर गरे । कर तिरेर आएको रकमले यस ठाउँमा गुणष्तरहिन काम भैराखेको छ । काँग्रेसकै योजनामा अरुले काम गर्दा पनि गतिलो काम नगरेको भन्द कमजोरी ठेकदार लागाएर सबै काम एक वर्ष पनि नटिक्ने छन, यदी आफुले जिते त्यसो हुन नदिने बताए ।

उनले विपक्षि प्रति इकिंत गर्दै भने संसदले बिकास कोषमा ३ करोढ रुपैया १० लाखको दरले बँडिएको छ ५ लाखको काम हुन्छ र ५ लाख बिल मिलाएर खाइन्छ यहाँ कमाउन आइ राखेका छन् । मैले यस्तो काम गर्दिन । मिडियामा अरुका भ्रष्टचारको कुरा छायिरहेको भन्दै उनले ै आफ्नो यसो नहुने र आफुले फटाह गर्न नजान्ने बताए ।

त्यसैगरी उनले अरु एम्मेदवारले सोझा जनतालाई बिभिन्न कुराहरु बाँड्दै प्रलोभनमा पार्ने काम भएको भन्दै कयौं स्थानमा जनाताले बुझेर त्यस्ता उममेद्वारलाई खेदेको समेत बताए

त्यसैगरी प्रदेस सभा ख का उम्मेद्वार उत्तम आचार्यले अहिले यहाँ फलनोले यो काम गर्यो यो र उ काम गर्यो भन्दानी यस स्थानमा भएका बिकासका कुराहरु काँग्रेसको नै े निर्णयमा भएको योजनाहरुका सो काम भैरहेको बताए । उनले नेपाली काँग्रेसको पहलले मात्र यस क्षेत्रमा बिकास सम्धव भएको भन्दै काँग्रेसलाई भोट दिएर जिताउन आग्रह गरे ।

Promise Education Consultancy