रेग्मीको कार तोडफोड गरेको समाचारप्रति कांग्रेसको गम्भीर ध्यानकर्षण

सुजिता हमाल
चितवन, मंसीर १६ । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको निजी कार नेपाली कांग्रेसका कार्यकर्ताले तोडफोड गरेको समाचारप्रति नेपाली कांग्रेस युवा परिचालन समिति क्षेत्र नं १ र नेपाल विद्यार्थी संघ क्षेत्र नं १ ख चितवनले विज्ञत्ती मार्फत गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
रत्ननगर नगरपालिकाको वडा नं. १ बकुलहर चोक स्थित रेग्मीको घर अगाडी पार्कीङ गरेर राखेको ना. १५ च ६३५ नम्बरको कारमा गयराति तोडफोड भएको थियो ।
निर्वाचनको पूर्व सन्ध्यामा गैरजिम्मेवारपूर्ण एवंम भ्रामक समाचार प्रसारण गरी राजनितिक फाईदा लिन र निर्वाचनको वातावरण विथोल्ने प्रयास भएको भन्दै कांग्रेस युवा परिचालन समिति क्षेत्र नं १ का संयोजक प्रल्हाद सापकोटा र नेपाल विद्यार्थी संघ क्षेत्र नं १ ख का संयोजक आयुषचन्द्र श्रेष्ठद्धारा आज जारी हस्तारिक्षित विज्ञत्तीमा सम्बन्धित पक्षलाई व्यक्ति किटान गर्न समेत माग गरिएको छ ।
अध्यक्ष रेग्मीले कांग्रेस कार्यकर्तालाई चन्दा नदिएकै आरोपमा आफुमाथी आक्रमण भएको समाचार विभिन्न सन्चारमाध्यममामा प्रकाशित भएका थिए ।

Promise Education Consultancy