घरदैलोलाई तीब्रता दिदै कांँग्रेसका उम्मेदवार प्रकाश

चितवन, मंसीर १६ । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश निर्वाचनलाई मध्य नजर गर्दै नेपाली काग्रेस चितवन क्षेत्र न ं २ ले आज भरतपुर १२ मा घरदैलो तथा अन्र्त्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानिय निकायको निर्वाचनमा अपेक्षाकृत मत पाउन नसकेको काग्रेसले बिगतका कार्यहरुको संमिक्षा गर्दै नया रणनितिका साथ मतदाता सम्म पुगिरहेको छ ।

केहि प्राबिधिक कारणले गर्दा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नसकेको नेपाली काग्रेसले यस पटकको परिणाम आफ्नो पक्षमा पार्न घरदैलो का अलावा मतदाताका समस्या र तिनका उपायबारे अन्तक्रिया समेत गरेको छ ।
अन्र्त्क्रिया कार्यक्रममा नेपाली काग्रेस चितवन क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार शेषनाथ अधिकारी एंव प्रदेश सभाका उम्मेदवार प्रकाश अधिकारी लगायत नेपाली काग्रेसका नेताहरु सहभागी भएका थिए ।
महिलाहरुको उल्लेख्य सख्या रहेको घरदेलो कार्यक्रममा नेपाली काग्रेसका जिल्ला नेताहरु पनि सहभागी भएका थिए ।

भरतपुर १२ का मुनाल चोक, राधाकृष्ण टोल, नवरत्न टोल जागृती टोल, मञ्जुश्री टोल, पोखरेली टोल, शुभलक्ष्मी टोल मा घरदैलो कार्यक्रम भएको हो । नारायणगढ बजार बचाउने देखि धेरै जनपंक्षिय काम गर्ने नेपाली काग्रेसलाई मत दिने बाचा गरेका थिए । यसैगरि नेपाली काग्रेस भरतपुर १० बुथ समितिले नेपाली काग्रेसका उम्मेदवारहरु मतदान गर्न आब्ह्वान गर्दै भरतपुरमा महिला ¥याली सम्पन्न गरेको छ

Promise Education Consultancy