राप्रपा र कांग्रेसका २५० युवा माओवादीमा प्रवेश

चितवन,१६ मंसिर । चुनाव नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसका २५० जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।शनिवार भरतपुर–९ मा आयोतिज एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा अध्यक्ष असिम भट्टराई नेतृत्वमा युवाहरुलाई माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनको नेतृत्वमा माअहोवादी प्रवेश गर्ने अन्य युवाहरुमा प्रकाश खत्री,आशिष रानामगर, दिनेश थापा, हेमराज अधिकारी, नरेश मल्ल, कलम जोशी, शैलेश विष्ट लगायत २५० युवा रहेका छन् ।
उनीहरुलाई अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका थिए ।

Promise Education Consultancy