शक्ति र सत्ताको दुरुपयोग गरि पाण्डेले गरे आचारसंहिता उल्लघंन हेर्नुहोस् भिडियो र फोटो

चितवन, १६ मंसिर । चितवन क्षेत्र न.३ प्रतिनिधि सभाका उम्मेद्वार विक्रम पाण्डेले मतदातालाई आकर्षित गर्न सत्ता र पदको दुरुपयोग गरेका छन् । वहालवालामन्त्री समेत रहेका पाण्डेले हार्ने निश्चित भएपछि सत्ता र शक्तिको दुरुपयोग गरेका हुन् ।

मतदाताहरुलाई रु पाँच हजार देखि १ लाख सम्म पैसा बाँडेको स्रोतले जनाएको छ । उनले रकमका साथै लाईन राखेर पेट्रोल विरतण गरेका छन् । उनले लाईन राखेर पेट्रोल बाँडेको तस्बिर आफै बोलेको छ ।


यस अघि पनि पटक पटक मतदातालाई भ्रममा पार्न यस्ता निर्वाचन आचारसंहिता विपरीतका कार्याहरु गर्दै आएको भन्दै चौतर्फी विरोध भएका छन् ।
निर्वाचनका बेला यस्ता गतिविधि गर्नु निर्वाचन आचार संहिता विपरीतका कार्य हुन् । मन्त्री पाण्डेले यसरी सत्ता र शक्तिको दुरुपयोग गरि आचारसंहिता उल्लघंन गर्दा समेत निर्वाचन आयोग बेखर बनेका छन् ।

Promise Education Consultancy