किसान संघका अध्यक्ष रेवतिराम बामगठबन्धनमा प्रवेश

चितवन (ईच्छाकामना) १६ मंसिर । नेपाली कांग्रेसमा २०३६ साल देखि कृयासिल र अहिले इच्छाकामना गाउँ पालिका किसान संघको अध्यक्ष श्री रेवतिराम पोखरेल बामगठबन्धनमा प्रवेश गर्नुभएको छ । आज चुम्लिङटारमा भएको बामगठबन्धनको चुनाबी घर दैलो कार्यक्रमको अबसरमा प्रवेश गर्नुभएको हो ।
बाम गठबन्धनका ईच्छाकामना गाउँपालिका नेता हरुको हातबाट टीका माला लगाई उहाँ गठबन्धनमा प्रवेश गर्नु भएको हो।
कार्यक्रममा स्थानिय बुद्धिजीवी तथा पुर्ब शिक्षक बिष्णुप्रसाद सापकोटाले उहाँको ब्यक्तितब को बारेमा चर्चा गर्नु भएको थियो

स्थानिय बिकास निर्माणमा कांग्रेस नेतृत्व को गाउँपालिकाले छलकपट गरेको र ब्यक्तिगत स्वार्थमा स्थानीय कांग्रेस नेतृत्वको गाउँपालिका र कांग्रेसको नेता हरु तलिन भएकोले यति लामो समय कांग्रेसमा आवद्ध भएर पनि आज बाम गठबन्धनप्रति आसा जागेको जनाउनु भयो ।
माओबादी केन्द्र ईच्छाकामना गाउँपालिकाका अध्यक्ष प्रताप गुरुङले उहाँलाइ बाम गठबन्धनले सहि मुल्यांकन गर्दै स्थान दिने बताउनु भएको थियो।