चितवन क्षेत्र नं. १ मा बामगठबन्भन भर्सेस लोकतान्त्रीक गठबन्धनको दोहोरी

केदार शर्मा

कालिका  १६ मंसिर ।दोश्रो चरणमा निर्बाचन हुने चितवनमा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ । घरदैलो अभियानमा व्यस्त रहेका चितवनका उम्मेदरवाहरुले आफ्नो जीत हुने दावी समेत गर्दै आएका छन् । निर्बाचन हुन मात्र ५ दिन बाँकि रहँदा पनि उम्मेद्धवारहरु आँफुले यो र त्यो गर्छु भन्दै चुनाव जित्ने आधार देखाउँदै मतदाताका घरघरमा पुगेका छन । बिशेष गरेर चितवन क्षेत्र नम्बर ३ मा सबैको ध्यान रहेको बेला चितवनको क्षेत्र नम्बर १ मा पनि ध्यान जान थालेको छ । अहिले क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट एमालेका नेता तथा पुर्ब अर्थ मन्त्री समेत रहनु भएका सुरेन्द्र पाण्डे र लोकतान्त्रीक गठबन्धनका तर्फ बाट राजेन्द्र प्रसाद बुर्लाकोटी चुनावी मैदानमा प्रतिस्प्रधा गरीरहेका छन ।
सुरेन्द्र पाण्डेको दाबी १५ हज्जारले जित्छु
चितवनको क्षेत्र नं. १ मा बामगठबन्धनका तर्फवाट प्रतिनिधि सभाका उम्मेदवार तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले १२ देखि १५ हजार मतको अन्तरले आफु विजयी हुने दावी गरेका छन । पाण्डेले शनिबार पुर्बी चितवनमा पत्रकारलाई संक्षित प्रतिक्रिया दिदै आँफुलाई नेपाली कांग्रेसले समेत भोट दिनेमा आँफु बिश्वस्त रहेको बताएका हनु । पाण्डेले नेपाली कांग्रेसको बहुमतको सरकार पटक पटक आउदा केही गर्न नसके पछि यस पटक बाम गठबन्धालाई भोट दिनेमा बिश्वस्त रहेको उनले दबाी गरे ।
घरदैलोमा ब्यस्त रहेको पाण्डेलाई मतदाताहरुले गाउँघरको समस्या समाधान हुन्छ कि हुँदैन मुलुकको अर्थतन्त्र माथी उठ्छ कि उठ्दैन भन्ने पहिलो प्रश्न रहेको दाबी गरे ।
बुर्लाकोटीको पनि जित्ने दाबी
यस्तै यता लोकतान्त्रि गठबन्धका उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटीले आँफैले चुनाब जित्ने दाबी गरेका छन । शनिबार एक कार्यक्रममा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदैँ पटक पटक बाम गठबन्धनका नेताले जिते र यहाँको काम गर्न नसके पछि यस पटक मतदाताहरुले आँफुलाई जिताउने दाबी गरे । यस पटक प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले जनता आफुप्रति आर्क्षित भएको दाबी गरे । आफ्नो उम्मेदवारीले जनता उत्साहित भएको भन्दै यो पटकको चुनाव आफुले नै जित्ने बताउनुभयो ।
यसअघि २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा पनि दुवै नेता उम्मेदवार थिए । कांग्रेसबाट उम्मेदवार बनेका बुर्लाकोटीलाई पछि पार्दै नेकपा एमालेवाट उम्मेदवार बनेका सुरेन्द्र पाण्डे विजयी भएका थिए । तर यस पटक निर्बाचन जित्न बुर्लाकोटी र पाण्डेलाई त्यती सजिलो भने छ्र्रैन ।

Promise Education Consultancy