राप्रपाहरु युवाहरु प्रशासनको आडमा गुण्डागर्दीमा उत्रदैं

माडी,१६ मंसिर । चितवन क्षेत्र नं ३मा विक्रम पाण्डेको हार निश्चित भइसके पश्चात हिजो शुक्रवार राति देखिन् २।३ ठाउँमा राप्रपाका युवाहरुको अग्रसरतामा केही निर्वाचन विरोधि गतिविधिहरु सुरु भएको माडीबाट रिपोर्ट आइरहेको छ । गए राति माडि वडा नं ७ को घांघरमा आफन्तको घरमा पुजामा गएर फर्कदै गर्दा बामगठबन्धन समर्थित युवा प्रकाश रानामगरलाई स्थानिय राप्रपाका खुडा र लाठि सहित आएका सुरेश गुरुङ, इन्द्र प्रसाई लगायतकाको १०० जनाको टोलिले आक्रमण गरेको जानकारी माडिका श्रीप्रसाद दवाडिले दिनुभयो । घाइते प्रकाश रानामगर गम्भिर घाइते हुनुभएको तर घटनामा सम्लग्न कसैलाई पनि प्रशासनले गिरफ्तार गर्न तयार नभएको दवाडि बताउनुहुन्छ ।
यसैबिच वडा नं २३ का निवार्चित वडाध्यक्ष नरिनाण पौडेलका छोरा समिर समेतलाई राप्रपाको सागर लगायतको टोलिले निर्वाचनमा प्रचार प्रसार गर्न तँ हैन भन्दै हमालामा उत्रिएको जानकारी स्थानिय नारायण आचार्यले दिनुभयो ।
प्रशासनले ८ बजे पछि सुरक्षाको कारण भन्दै बामगठबन्धनले संचालन गरेको साँस्कृतिक कार्यक्रम लगायत रोक्ने गरेको तर राप्रपाको आयोजनामा जाँड पानि सहित होहल्ला गर्दै हुने पिकनिक लगायतको गतिविधिहरु नदेखे जस्तो गर्ने गरेको चितवन क्षेत्र नं ३ प्रदेश ख का कार्यलय सचिव अविनाश रम्तेल बताउनुहुन्छ ।
निकै रोमान्चकारी बन्दै गएको चितवनको निर्वाचनमा विक्रम पाण्डेको समुह प्रशासनिक शक्तिको दुरुपयोग गर्न र मन्त्रि भएको ओहदाको फाइदा लिन खोज्दै हुनुभएको भए पनि त्यसको कुनै प्रभाव जनतामा नपर्ने भरतपुर महानगरपालिका १५ का स्थानिय बुद्धिजिवि विश्वबन्धु अधिकारी बताउनुहुन्छ । तर भोलि माडिमा दुइ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र खड्क प्रसाद ओलि केपि पुग्ने कार्यक्रम हुँदैगर्दा यस्तै घटना बढ्दै गएमा युथ फोर्स र वाइ सिएलहरु पनि व्यारेकबाट बाहिर निस्कनुपर्ने र निर्वाचन भरि सुरक्षा दिनुपर्ने अधिकारी बताउनुहुन्छ

Promise Education Consultancy