पार्टी एकताको संकल्प भएकाले बाम गठबन्धनलाई कमजोर नआँक्न प्रचण्डको चेतावनी

काठमाडौँ, १६ मंसिर । पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता निर्वाचन केन्द्रित मात्रै नभई पार्टी एकताको संकल्प भएकाले यसलाई कमजोर र अपरिपक्कको रुपमा टिप्पणी गर्नु भ्रमपूर्ण हुने बताएका छन्। ।

ललितपुर क्षेत्र नम्बर ३ को सुनाकोठीमा शनिबार वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु वाम तालमेल गरेर मात्रै निर्वाचनमा नआएको भन्दै उनले पार्टी एकता गर्ने संकल्पसहित कार्यदलसमेत निर्माण गरिएको स्पष्ट पारे।
नेसाथै उनले वाम गठबन्धनलाई कमजोर र अपरिपक्कको रुपमा नबुझ्न आग्रह गरेका छन्। पार्टी एकता संयोजन समिति गठन गरी नेतृत्व र नीतिबारे स्पष्ट भएपछि मात्रै वाम तालमेल गरिएको भन्दै उनले विगतको जस्तो चुनावी तालमेलको रुपमा मात्रै नबुझ्न आग्रह गरे। एमाले र माओवादी मिले भनेपछि नेपाली कांग्रेसलाई चिन्ता बढेको र अनर्गल प्रचारमा लागेको आरोप पनि अध्यक्ष दाहालले लगाए। नेपालमा कम्युनिस्‍ट अधिनायकता लागू हुने भन्दै आलोचना गर्नेहरु नै चुनावी एकता टुट्छ भन्दै हिँडेको उल्लेख गर्दै उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई सिट सुरक्षित गर्ने दाबी गरे।

क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनकी उम्मेदवार फम्फा भुसालले आपूmले क्षेत्र नम्बर–३ को मुहार फेर्ने बताइन्। यो क्षेत्रमा भुसालको प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेसबाट निवर्तमान सांसद मदन अमात्यको उम्मेदवारी छ।

Promise Education Consultancy