प्रचण्डका सारथीहरु भन्छन् : प्रचण्ड नै सम्वृद्धिको वाहक हुन्

प्रकाश ज्ञवाली
यतिवेला मुलुक पुरै निर्वाचनको चर्चामा छ । त्यसमध्ये मध्यक्षेत्रको चितवन जिल्ला स्थानीय तहको निर्वाचनकै समयमा पनि सर्वाधिक चर्चामा रह्यो । प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा पनि चितवन सर्वाधिक चर्चाको सूचिमै छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पनि यो स्वभाविक होला तर चितवनमा मात्रै होइन देशैभर नै प्रचण्डले प्रयोग गर्ने विधि र तरिकाले सधै शिखरमै चर्चा पाइरहन्छ । उनले मंसिर २१ मा हुने निर्वाचनको प्रचारका लागि संगै हिडाएका सारथीका कारण पनि प्रचण्डको मात्रै होइन ती सारथीहरुको पनि चर्चा चुलीमा छ । चितवनवासीले सायदै सोचेका थिए होलान् माओवादी सुप्रिमो पुष्पकमल दाहाल यसरी घरघरमै हात जोड्दै हिड्नेछन् भन्ने । जव उनी गृहनगर चितवनको क्षेत्र नं ३ वाट पहिलोपटक प्रतिनिधीसभाको चुनावी मैदानमा आए सायद उनले निर्वाचन पेचिलो वनेको वहशुष गरे । प्रचण्डले आफुले मतदाता समक्ष भोट मात्रै मागेका छैनन् साथमा केही गजवका सारथीले पनि चौविसैघण्टा साथ दिईरहेका छन् । प्रचण्डले प्रचारको सारथी वनाएका व्यक्तिहरु हुन् देवी ज्ञवाली,वद्री तिमित्सीना,प्रेम रिमाल र कलाकारहरु । देवी ज्ञवाली यसअघिकै स्थानीय तहको निर्वाचनमा माओवादी नेतृ एवम् दाहालकै पुत्री रेणु दाहालसंग भरतपुर महानगरमा पराजीत व्यक्ति हुन् । निर्वाचनकै क्रममा मतपत्र च्यातिएपछि प्रचण्डलाई अचाक्ली गाली गरेका र आफुविरुद्ध सिंगो राज्य लागिरहेको आरोप लगाउने देवी यतिवेला प्रचण्डको निर्वाचन परिचालन समितिका सहसंयोजक वनेका छन् । प्रचण्डको घरदैलोको तालिका वनाउनदेखि प्रचण्डलाई जीताउन आग्रह गर्दै खरो भाषण गरिरहेका हुन्छन् उनै ज्ञवाली । उनको भाषण सुन्दा लाग्छ प्रचण्डको निर्वाचन कमाण्डर मुख्य सारथी नै ज्ञवाली हुन् । ज्ञवाली भन्छन् कम्युनिष्टहरु मिल्दा म जस्तो खुशी सायद कोही भएहोला । विगतमा के भयो त्यता सोच्दिन भन्ने उनको धारणा छ । केपी ओली र प्रचण्ड राजनेता भएको भन्दै यो निर्णयलाई सार्थकतामा परिणत गर्न पनि मैले मेरो जीवन सुम्पन्न तयार छु ।
अर्का सारथी हुन् वद्री तिमित्सीना । मनोनयनको दिनसम्म राप्रपा प्रजातान्त्रिकको निर्वाचन परिचालन समितिका संयोजक रहेका वद्री दुईदिनपछि कार्तिक १८ मा माडीमा आयोजित सभामा प्रचण्डकै हातवाट अविर र माला लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । ३८ वर्ष राप्रपाका विताएका,चितवन जिल्लामै राम्रो र खरो भाषण गर्ने नेताको पहिचान वनाएका वद्रीले सानो पाटीवाट देश परिवर्तन नहुने भन्दै पाटी त्याग गरेको वताएका थिए । उनीपनि अहिले प्रचण्डका हरेक कार्यक्रममा विहानदेखि वेलुकसम्मै संगसंगै हिडेका छन् र प्रचण्ड विजयी अभियानमा खरो भाषण गरिरहेका भेटिन्छन् । प्रचण्डवाट मात्रै मुलुकमा सम्वृद्धि सम्भव भएको वताउने वद्री सम्वृद्धिका लागि जीवन नै प्रचण्डको पछि सुम्पेको वताउछन् ।
त्यस्तै अर्का व्यक्ति हुन् प्रेम रिमाल । पूर्वी चितवनमा निजी विद्यालय संचालन गरेर वसेका रिमाल पुराना वुद्धिजीवी माओवादी हुन् । तर पाटीमा देखिएको विचलन र अराजकतावाट वाक्क भएको वताउने रिमालले एमाले माओवादी मिलेकोमा सवैभन्दा पहिले खुशी व्यक्त गर्दै सामाजिक संजालमा पोष्ट गरेका थिए,अव देश वन्छ । माओवादी अध्यक्ष प्रचण्डको पनि तीव्र आलोचकका रुपमा २०७० पछिको ४ वर्ष विताएका रिमालको भाषण सुन्न २०५२÷५३ मै मानिसको घुइचो लाग्ने गर्दथ्यो । सटिक र समसामयिक भाषण गर्न खप्पिस मानिने रिमाललाई पनि अहिले प्रचण्डले संससगै हिडाएका छन् । उनले प्रचण्ड विजयी अभियानमा प्रत्येक कोणसभामा भाषण गर्ने र प्रचण्डका वारेमा वुझाउने गरेका छन् । रिमाल भन्छन् एमाले माओवादी मिलेर एकतासम्म पुग्दा सवैभन्दा वढी फाईदा निमुखा जनतालाई हुने देखेर यसपटक अभियानमै सामेल भएको हु । स्थिर सरकार,दिगो शान्ति र सम्वृद्धिको आशा पलाएको उनको भनाई छ ।
त्यसैगरी काठमाण्डौंवाटै एकदर्जन वढी कलाकार करिव १० दिनदेखी प्रचण्डको चुनावी अभियानमा छन् । एमाले माओवादीको गीत गाएर फरक चर्चामा आएका वद्री पंगेनी र चेतन सापकोटाले गीग गाएर भोट मागेका छन् भने हास्यव्यग्यकार मनोज गजुरेल,टंक आचार्य र केही नृत्य कलाकार पनि दैनिक सभा र कोणसभामा हसाउदै,नाच्दै भोट मागिरहेका छन् प्रचण्डलाई । यसरी समय समयका विपरित जस्ता देखिने चितवनका यी तीनजना हस्ती र कलाकारलाई निर्वाचन परिचालनमा एकैस्थानमा प्रयोग गर्न सक्नुपनि प्रचण्डको खुवी भएको विश्लेषकहरुको भनाई छ । सारथीको साथले प्रचण्ड विजयी अभियानमा निकै ठुलो मद्धत गरेको प्रचण्ड जिताउन अभियानका संयोजक सुर्यसुवेदी पथिकको वुझाई छ । उनी भन्छन् प्रचण्ड सधै मैदानमा आउन सम्भव छैन,सो समयमा पनि कलाकार र अन्य सारथीहरुले घरदैलो गरिरहेका छौं । सारथीको साथले जीतको मतान्तर वढाइरहेको विश्लेषण पथिकले गरेका छन् ।