रत्ननगर उद्योग बाण्ज्यि संघका अध्यक्षको गाडी तोडफोड

मंसिर, १६ चितवन । नेपाली काँँग्रेसका कार्यकर्ताले पूर्वी चितवनको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको निजी कार तोडफोड गरेका छन् । चन्दा नदिएपछि रत्ननगर नगरपालिकाको वडा नं. १ बकुलहर चोक स्थित आफ्नै घर अगाडी पार्कीङ गरेर राखेको ना। १५ च ६३५ नम्बरको कारमा गएराती काँग्रेस कार्यकर्ताले तोडफोड गरेका हुन ।सेतोरंगको पल्सर मोटरसाईकलमा आएका दुईजना कार्यकर्ताले पार्किङ गरेर राखेको कारमा ढुंगा हानेर भागेका थिए । कारको पछाडीका सिसा पूर्ण रुपमा फुटेर क्षति भएको छ । अध्यक्ष रेग्मीका अनुसार नेपाली काँग्रेसका कार्यकर्ताले चुनाव खर्च भन्दै विगत केही महिनादेखि चन्दा माग्दै आएका थिए । रेग्मी अनुसार चन्दा नदिएकै आरोपमा आफुमाथी आक्रमण भएको बताए । यस अघि पनि काँग्रेसका कार्यकर्ताहरुले फोन मार्फत पटक–पटक धम्क्याएका उनको भनाई छ ।राजनीतिक दलको संरक्षणमा कार्यकर्ताहरुले व्यवसायीहरुलाई चन्दाको नाममा आतंकीत बनाउने कामगरेको भन्दै घटनाको न्योचित अनुसन्धान गर्न प्रहरी प्रशासन सँग अध्यक्ष रेग्मीले माग गरेका छन् ।

Promise Education Consultancy