विश्व एड्स दिवसको अवसरमा जनचेतनामुलक कार्यक्रम

चितवन, १५ मंसिर । शुक्रबार बिश्व एड्स दिवस, यसै दिवस को अवसर मा बालकुमारी कलेज माइक्रोबायोलोजी बिभाग र बि एस्सी दोस्रो वर्ष मा अध्ययनरत विद्यार्थीहरुको संयुक्त पहलमा एचआइभी एड्सको बारेमा ज्ञान दिने उदेस्यले गैडाकोट को सुर्यविनायक बिद्यालयमा जनचेतना मुलक कार्यक्रमको सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा माइक्रोबायोलोजी बिभागका बिभागीय प्रमुख श्री अनुप मुनि बज्राचार्यद्वारा एड्स र एचआइभीको बारेमा जानकारी दिएकमा थिए । साथै यो रोग कसरी सर्छ र यसबाट बच्न के के गर्नु पर्छ भन्ने कुरा प्रस्ट पार्नु भयो। एचआइभी संक्रमितसंग बोल्दा हात मिलाउदा अंकमाल गर्दा मुआई खादा एउटी चर्पी प्रयोग गर्दा लाम्खुटेले टोक्दा एचआइभी सर्छ भन्ने कुरा गलत हो। थुक आँसु पसिना बाट यो रोग सर्दैन ,मुख्तया यो रोग संक्रमित व्यक्तिको रगत विर्य बाट सर्छ ।
एचआइभी संक्रमित भएको मान्छे संग यौन सम्पर्क राख्दा, संक्रमितले प्रयोग गरेको सुइ वा अन्य छाला छेड्ने औजार हरु प्रयोग गर्दा , संक्रमित आमाको कोखबाट जन्मेको शिशुमा र संक्रमितले रक्तदान गरेको रगत लिएमा एचआइभी संक्रमन हुनसक्छ ।
नेपालमा पहिलो चोटी सन् १९८८ मा एचआइभी संक्रमित देखियो र हाल सम्ममा संक्रमितको संख्या बढ्दै गएको देखिन्छ , युएन एड्सको २०१६ को तथ्यांक अनुसार नेपालमा ३२००० को हाराहारीमा संक्रमितहरु छन ।
फलस्वरूप यस्ता जनचेतनामुलक कार्यक्रमले एचआइभी संक्रमण रोकथाममा टेवा पुर्याउने देखिन्छ ।
उक्त कार्यक्रममा सहायक प्रा अनिल श्रेष्ठ , विद्यार्थी तर्फबाट रोशन सिंह सुनिल पाण्डे र बर्षा सापकोटा ले पनि आफ्नी भनाइ राख्नु भएको निश्चल सापकोटाले जानकारी दिए ।

Promise Education Consultancy