ईच्छाकामनामा बामगठबन्धनको घरदैलो र कोणसभा

चितवन ईच्छाकामना १५ मंसिर । संयुक्त वामगठबन्धनले आज ईच्छाकामना गाउँपालिकामा घरदैलो तथा कोण सभा सम्पन्न गरेको छ । वडा नं ३ र ६ मा घरदैलो तथा कोण सभा कार्यक्रम गरेको हो। ईच्छाकामना गाँउपालिकाको वडा नं. ६ को कुयलघारी भालुढुङ्गा, पाँचकिलो, जलबिरे कालिखोला सहित ईच्छाकामना ३ नं. वडाको सिरानगाउ, माझगाउ तोक्दाङ्गमा घरदैलो गर्नुका साथै माझगाउमा कोणसभा समेत गरेको हो । घरदैलोमा संयुक्त वामगठबन्धनबाट चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का उम्मेद्वार रहनु भएका घनश्याम दाहाल ‘अविनाश’ सरिक हुनुभएको थियो । घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै देशै भरी वाम गठबन्धनको दुई तिहाई बहुमतले जित सुनिश्चित भएकोले देश र जनताको मुहार फेर्न अब कसैले रोक्न नसक्ने बताए । साथै ईच्छाकामनाको पर्यटन कृषि, शिक्षा लगाएतका क्षेत्रहरुको चौतर्फी विकाश गर्न आफु लागि पर्ने पनि उनले बताए ।