एमाले माओावदीले आचारसंहिता उलघंन गरेको आरोप लगाएपछि अध्यक्ष गुरुङले दिईन् यस्तो जवाफ

चितवन ईच्छाकामना,१५ चितवन । नेकपा एमाले र माओवादी केन्द्रले ईच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ लगायतले जनप्रतिनिधिले आचारसंहिता उलघंन गरेको आरोप लगाएका छन् ।
शुक्रबार विहान गाउँपालिकाको आयोजनामा निर्वाचन शिक्षा सम्बन्धि सरोकारवलाहरुसंग गरिएको छलफलमा एमाले र माओवादी केन्द्रले निर्वाचनलाई प्रभाव पार्ने गरि अभिव्यक्ती दिनुका साथै योजनाहरु उद्घाटन गर्दै हिडेको आरोप लगाएका हुन् ।

नेकपा एमालेका कृष्ण सिलवालले निर्वाचनलाई प्रभावित पार्ने गरि योजनाहरु उद्घाटन गर्दै हिडेको आरोप लगाए । भर्खरै केही दिन अघि मात्र गुम्बा उद्घाटन गरेको भन्दै निर्वाचन अवधीभर नयाँ योजना र उद्घाटनका कार्यक्रमहरु गर्दै नहिड्न आग्रह गरे ।
माओवादी केन्द्रका चन्द्रमणी सापकोटाले पनि निर्वाचनलाई प्रभाव पार्ने गरि नयाँ योजनाको सुरुवात गर्नुका सार्थ अभिव्यक्ति दिएको आरोप लगाए ।

आरोपको खण्डन गर्दै अध्यक्ष गीता कुमारी गुरुङले निर्वाचनको आचारसहिता उलघंन गर्ने काम नगरेको बताईन् ।उनले जनताले बोलाएको ठाउँका कार्यक्रममा जान आफ्नो कर्तव्य रहेको भन्दै पार्टीको कार्यक्रममा नहिडेको बताईन् ।

उनले भनिन् “म जनताको सेवक हुँ जनताले बोलाएको ठाउँमा जान्छु, ३ घण्टा हिडेर रहरले गएको होईन, जनताले बोलाएको ठाउँमा नजादाँ उनिहरुले अपमान महशुस् गर्छन् मैले कार्यक्रम निर्वाचन पछि गर्न आग्रह गरेका थिए तर गुम्बा उद्घाटन गर्दा लामा पढाउनु पर्ने भएकोले निर्धारित कार्यक्रम सार्न नमिल्ने भनेपछि म गएको हुँ पार्टीको कुनै पनि कार्यक्रममा भोट माग्दै हिडेको छैन ।”
उनले आफ्नो पार्टीको उम्मेद्वारलाई कहिल्यै भोट माग्दै नहिडेको र सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई पनि निर्वाचन आचारसंहिता उलघंन नगर्न निर्देशन दिएको बताईन् ।
उनले निर्वाचनलाई स्वच्छ सवतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आ–आफ्नो निकायबाट भूमिका निर्वाह गर्न आग्रह गर्दै निर्वाचन आचार सहिता उलघंन भएको नभएको निगरानी गरिने बताईन्।
कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले केही राजनितिक दलका कार्यकर्ताले विपक्षीका कार्यकर्तालाई धम्कयाउने गरेका भन्ने सुनेको आएको भन्दै सम्बन्धित राजनितिक दलका नेतृत्वलाई त्यस तर्फ ध्यानाकर्षण गराए । उनले निर्वाचनलाई भयरहित बातावरणमा सफलताका साथ सम्पन्न गर्नका लगि कर्मचारी सुरक्षा निकाय संघसंस्था संचार कर्मी लगायतको महत्वपुर्ण भूमिका रहने रहने बताए ।
कार्यक्रममा सबै राजनितिक दलहरुले आचारसंहिता उलघंन नगर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा तीन ओटै सुरक्षा निकाय सेना शसस्त्र प्रहरी र जनपद प्रहरीका प्रमुख, राजनितिकि दलका प्रतिनधि, विभिन्न संघंसंस्थाका प्रतिनधि संचारकर्मी लगायतको सहभागीतका रहेको थियो ।
साथै मत बदर संख्या घटाउन निर्वाचन सम्बन्धि शिक्षा टोलटोलमा पु–याउनका लागि मतदाता शिक्षा स्थानिय समन्वय समिति गठन गरिएको छ । गाउँपालिकाका अध्यक्ष गीतका कुमारी गुरुङको संयोजकमा कार्यकारी अधिकृत नरहरी साकोटा सदस्य सचिव रहेको समितिमा स्थानिय कृयाशिल राजनितिक दलका प्रतिनिधि, सामाजीक संघसंस्थाका प्रतिनिधि, महिला समुह लगायतलाई समेटिएर समिति गठन गरिएको हो ।

Promise Education Consultancy