सरकारी कार्यालयले फोहोर व्यवस्थापन गर्न नसक्दा सरसफाई अभियान चुनौतिपूर्ण बन्दै

चितवन, मंसिर १६ । सरकारी कार्यालयले नै फोहोर व्यवस्थापन गर्न नसक्दा सरसफाइ अभियान थप चुनौतिपुर्ण बनेको छ । चितवनका अधिकांश सरकारी कार्यालय अगाडि फोहोर थुप्रनुले सरकारसफाइका अभियान्ताहरुलाइ फोहोरमुक्त महानगर निर्माणमा कठिनाई बनेको छ ।

बाइपास रोड अन्तर्गत जिल्ला प्रशासन कार्यालय देखि आंपटारी सम्मका सबै स्थानमा सरकारी कार्यालयहरु रहेका छन् । कृषि विकास बैंक देखि मालपोत कार्यालय सम्मको सडकमा बिहिबार विभिन्न संस्थाहरुले संयुक्त रुपमा सरसफाइ गरेका छन् ।

लेट्स डु इट अभियान, परिचय, नेपाल मैंत्री समाज, वे गु्रप लगायत सामाजिक संस्थाहरुले संयुक्त रुपमा सरसफाइ गरेका हुन् । फोहोर संकलनका लागि भरतपुर महानगरपालिकाले ट्याक्टर उपलब्ध गराएको थियो ।

बाइपास सडक अन्तर्गतका सरकारी कार्यालयहरुले कार्यालय अगाडिको स्थानलाइ डम्पिङ साइडको रुपमा प्रयोग गर्दै आएका छन् । त्यस्तै त्यहांका टोल विकास संस्था पनि स्थापनाका लागि मात्रै बनेको सरसफाइ अभियान्ताहरु वताउंछन् । स्थानिय तहको निर्वाचन सम्पन्न भई वडाध्यक्षहरु समेत निर्वाचित भइसक्दा पनि फोहोर व्यवस्थापनलाइ तिव्र बनाउन नसक्नु निर्वाचित प्रतिनिधिहरुको कमजोरी हो ।

आम नागरिकमा सरसफाइ व्यवस्थापन सम्बन्धि सचेतना आवश्यक रहेको परिचय संस्थाकी अध्यक्ष बन्धना खांडले वताइन् । फोहोर व्यवस्थापन समस्या नभएर सरसफाइ गर्ने बानि नहुनु मुख्य समस्या रहेको उनको भनाइ छ । टोल विकास संस्थाकी अगाडि डम्पिङ साइड बन्नु दुखद कुरा भएको उनि वताउंछिन् । फोहोर व्यवस्थापन सम्बन्धि सरोकारवाला निकायले सचेतना जगाउनुपर्ने भन्दै फोहोर गर्नेलाइ जरिवाना पनि तिराउनुपर्ने उनको भनाइ थियो ।

Promise Education Consultancy