चितवनमा आचारसंहिता विपरीत टांगिएका चुनाव प्रचारका तुल एवं पर्चा हटाउन शुरु

 

चितवन, मंसिर १६ । निर्वाचन अनुगमन समितिले चितवनमा आचारसंहिता विपरीत टांगिएका चुनाव प्रचारका पर्चा तथा झण्डा हटाउन शुरु गरेको छ ।

चितवनका राजनितिक दलहरुले आचारसंहिता विपरित दलका पर्चा, पम्पलेट एवं झण्डा गाडेको भनि आभास टेलिभिजनबाट यसअघि समाचार प्रशारण भएको थियो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन टोलि गठन गरि त्यसको पालना एवं आचारसंहिता विपरितका प्रचार कार्य रोक्न आग्रह समेत गरेको छ ।

शुक्रबार अनुगमन टोलि प्रमुख रामकृष्ण सुवेदी, सह न्यायधिवक्ता उद्धव पुडासैनी, प्रहरी लगायत सञ्चारकर्मीहरुको उपस्थितिमा खैरहनि नगरपालिकाको पिठुवा, कालिका नगरपालिकाको लामा चोक र गितानगरमा आचारसंहिता विपरित टांगिएका तुल, पर्चा र दलका झण्डा हटाइएको हो ।

यसअघि राजनितिक दलहरुलाइ निर्देशन दिएको भएपनि आचारसंहिता पालना नगरेकाले तुल एवं झण्डा हटाएको अनुगमन टोलि प्रमुख रामकृष्ण सुवेदीले वताए ।

त्यस्तै आचारसंहिता विपरीत चुनाव प्रचारको माइकिङ नगर्न पनि सुवेदीले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सर्वदलिय बैठकमा पनि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले निर्वाचन आचारसंहिताको हुबहु पालन गर्न प्रतिबद्ध रहन राजनितिक दलका प्रतिनिधिहरुलाइ आग्रह गरेका छन् ।

उम्मेदवारहरुले चुनाव प्रचारका लागि सवारी पास लिएर मात्र सञ्चालन गर्न उनले दलहरुलाइ निर्देशन दिएका छन् । निर्वाचन प्रचारमा सवारी पास नलिई प्रयोग गरेको पाइए प्रहरीले सवारी जफत गर्ने उनको भनाइ छ ।

नागरिकहरुलाइ प्रभाव पार्ने गरी भोज भतेर नगर्न पनि अनुगमन टोलिका प्रमुख एवं सहन्यायधिबक्ता उद्धव पुडासैनीले वताएका छन् ।

आचारसंहिता पालनाको लागि निर्वाचन आयोगले सुक्ष्म अनुसन्धानकर्ता समेत परिचालन गर्ने तयारी गरेको भन्दै उनले दलका पर्चा पम्पलेट एवं तुल बनाउने स्रोत नै बन्द गरिने जानकारी दिए ।

निर्वाचन आचारसंहिता उल्लघंनको प्रतिस्पर्धा रोक्न दलहरुलाइ उनले आग्रह समेत गरेका छन् । नेपाली कांग्रेसले निर्वाचन केन्द्रमा समेत आचारसंहिता उल्लघंन गर्दै पार्टिको झण्डा राखेको पाइएको उनले वताए ।

आचारसंहिता पालनाका लागि अझै प्रयास गरिने नेपाली कांग्रेस चितवनका सदस्य दिनेश अधिकारी, नेकपा माओवादी केन्द्र चितवनका जिल्ला इन्चार्ज ईश्वरी भट्टराई लगायत अन्यत दलका प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् ।