६ दिने मूल्य अभिवृद्धि करमा आधारित लेखापालन तालिम सकियो

चितवन, १५ मंसिर । चितवन उद्योग संघ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ६ दिने मूल्य अभिवृद्धि करमा आधारित लेखापालन तालिम सकिएको छ ।
यही मंसिर १० गतेदेखि भरतपुरस्थित चितवन उद्योग संघको सभाहलमा भएको तालिम आजबाट सकिएको हो । तालिममा ६ दिनसम्म औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका शाखा प्रमुख रामचन्द्र सुवेदी र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका व्यवसाय प्रवद्र्धन अधिकृत सरिता ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो ।
समापन समारोहमा चितवन उद्योग संघका अध्यक्ष भिम बहादुर पाण्डे र औद्योगिक व्यवसायीक विकास प्रतिष्ठान चितवन शाखा प्रमुख रामचन्द« सुवेदीले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षकको तर्फबाट औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका शाखा प्रमुख रामचन्द्र सुवेदी, पुरुष प्रशिक्षार्थीको तर्फबाट राजीव थापा, महिला प्रशिक्षार्थीको तर्फबाट शर्मिला श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा २९ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको समापन समारोह चितवन उद्योग संघका अध्यक्ष भिम बहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।