६/६ महिनामा सरकार परिर्वतन हुने नजिर अन्त्य : खनाल

चितवन,१५ मंसिर । । चितवन क्षेत्र नं.१ प्रदेश सभा(ख)का उम्मेदवार कृष्णप्रसाद खनालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि ६÷६ महिनामा सरकार परिर्वतन हुने नजिरको अन्त्य हुने बताएका छन ।

चुनावी कार्यक्रम अन्तर्गत शुक्रवार रत्ननगर वडा नं.९ मा भएको कोणसभामा निर्वाचन पछि बामपन्थीको बहुमतको सरकार बन्ने र ६/६ महिनामा सरकार परिर्वतन हुने रोगको अन्त्य हुने बताए । ६/६ महिनामा सरकार परिर्वतन हुँदा विकासले गति लिन नसकेको भन्दै उनले वामपन्थीको बलियो सरकार बनेपछि मुलुक विकास र समृद्धिको दिशामा अगाडि बढने बताए । बाम गठबन्धन विकासका स्पष्ट भिजनका साथ चुनावी मैदानमा रहेको भन्दै उनले मुलुकलाई समृद्ध बनाउन वडा स्तरबाटै विकासको काम सुरु गर्ने बताए । साना साना विषयहरुलाई महत्व दिएर काम गर्ने छौं उनले भने त्यसो गर्न सकियो भने मात्र मुलुक समृद्धिमा अगाडि बढछ । उनले अहिले देखिएको ठुला नदिनमा तटबन्धन र सुकुमवासी समस्यालाई आफुले प्राथमिकता दिएर काम गर्ने बताए । उनले नेपाली जनताको मुहारमा हासो ल्याउन एमाले र माओवादी बीच गठबन्धन बनेको बताए । जनताको न्यूनतक आवश्यकता पुरा गरी उनीहरुको मुहारमा हासो ल्याउन छ उनले भने त्यसका लागि अहिलेको निर्वाचनमा बामगठबन्धनलाई बहुमत दिनुहोस ।

कार्यक्रममा समानुपातिक उम्मेदवार कन्चन खनालले मुलुकको विकास र समृद्धिको लागि कम्युनिष्टको सरकार आवश्यक रहेको बताए । राज्यबाट पछाडी पारिएका बर्गहरुको सामाजिक रुपान्तरण आवश्यक रहेको भन्दै उनले यो काम गठबन्धनको सरकारले मात्र गर्न सक्ने दावी गरिन । बाम गठबन्धनबाट चितवन क्षेत्र नं.१ क उम्मेदवार सुरेन्द्र पाण्डे सहितका उम्मेदवारहरुले वडा नं.९ मा घरदैलो गरी त्यहाका जनतासंग भोट मागेका छन । बाम गठबन्धनका विकासका योजना सुनाउन मोहनाचोक,लालपर्सा,डिकुरा र बालुवाटारमा कोणसभा गरिएको एमालेकी क्षेत्रीय कमिटी सदस्य सरस्वती लामाले बताईन ।

कोणसभामा अन्य पार्टी परित्याग गरी स्थानीय रमेश महतो र विशाल श्रेष्ठ एमालेमा प्रवेश गरेका छन ।

 

Promise Education Consultancy