समृद्ध कोराक बनाउने गुरुङ र बुर्लाकोटीको प्रतिबद्धता

चितवन, १५ मंसिर ।चितवन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्रप्रशाद बुर्लाकोटिले कृषि र पर्यटनलाई आधार बनाएर पूर्वी चितवन लाई नमुनाको रुपमा विकास गर्ने बताएका छन् । कृ

षिमा आधुनिकीकरण र पर्यटनका पूर्वाधार निर्माण गर्ने योजना रहेको उनले बताए । विकास गर्दैनन् की भनेर हामीलाई शंका नगर्न आग्रह गदै उनले हामी विकास गर्ने तपाईहरुको घरदैलोमा आएका हौं उने भने । आशन्न प्रतिनिधि सभा र प्रदेससभाको निर्बाचनका लागी मत माग्न जनताको घर दैलोमा पुगेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्रप्रशाद बुर्लाकोटिले आज राप्ती नगरपालीका अन्तर्गत पर्ने कोराकको वडा न १० र ११ मा भएको कोणसभाका क्रममा यस्तो बताएका हुन् । सोहि क्रममा बोल्दै उहाँले सुकुम्वासी समस्या देशै भरीको भएको भन्दै २०४६ सालदेखि कांग्रेसकै सरकारको पालामा सुकुम्वासीले लालपुर्जा पाएको बताए । कोराकका लालपुर्जा बिहिन जनतालाई नितीनियम बनाएर लालपुर्जा बितरण गर्ने काम पहिलो प्राथमिकतामा राखिने बताए ।किरण टार ,थामटार लगाएत कोराकका विभिन्न स्थामा गरीएको कोणसभामा बुर्लाकोटिले भने, यसपालीको चुनाबमा काग्रेसलाई साथ दिनुस् अबको पाँच बर्षमा तपाईलाई समृद्ध कोराक म दिन्छु यसमा कुनै शंका नगर्न आम जनतालाई आग्रह गरे ।

सोहि क्रममा बोल्दै क्षेत्र नं १ प्रदेशसभा क का उमेदबार धनबहादुर गुरुङले कोराकमा मुख्य समस्या भनेको सडक भएकोले सडक बिस्तार गर्ने कार्य छिटै शुरु हुने बताए ।कांग्रेसका उम्मेदबार यहिका स्थानिय भएकाले पनि सधै गुनासो सुन्ने र समस्या समाधान खोज्न सजिलो हुने भएकोले यसपल्टको निर्बाचनमा नेपाली कग्रेसलाई अत्याधिक मतले बिजयी बनाउन स्थानिय सँग अनुरोध गरे । सडक बनेपछि स्थानिय रुपमै उत्पादन हुने तरकारी खेती , फलफुल खेती बाख्रापालन लगाएतका कामले पनि बजार पाउने बताए । यसरी आय आर्जन हुने किसीमका काम गरे यहि सुन फल्ने बताउदै अब त्यो दिन टाढा नरहेको स्पष्ट पारे ।

 

Promise Education Consultancy