देवघाटमा त्रिकोणात्मक पुल निमार्णका लागि डीपीआर सर्भे

प्रकाश सिग्देल
चितवन, १५ मंसिर । पवित्र धार्मिक स्थल देवघाटमा त्रिकोणात्मक पुल निमार्णका लागि डीपीआर सर्भे भएको छ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला पुल निमार्णका लागि कागजी प्रक्रिया अगाडी बढेपछि यतिबेला धमाधम सर्भे भईहेको छ ।

बिगत केहि महिना अगाडी पुल निर्माणको पूर्व सम्भाव्यता अध्ययनका लागि ५ जनाको प्राविधिक टोलीले देवघाटमा सर्भे समेत गरेको थियो । त्यही टोलिले दिएको रिपोर्टका आधारमा अहिले डीपीआर सर्भे भईरहेको छ । एकै पटकमा त्रिशुली र काली गंगाजी तर्न मिल्ने र एउटै पुलबाट चितवन, नवलपरासी र तनहुँ जान मिल्ने गरी देवघाटको बेडी संगममा पुल निमार्णका लागि काम थालनी गर्न लागिएको हो । आर्थिक वर्ष २०७३ ÷७४ को बार्षिक कार्यक्रममा त्रिकोणात्मक पुलको सर्भे र डिजाईन गर्ने तय भएकोले सोहि कार्यक्रम अनुरुप ५ जनाको टोली पूर्व सम्भाव्यता अध्ययन गरी त्यसले दिएको रिपोर्टका आधारमा डीपीआर सर्भे सुरु भई कामको प्रक्रिया अगाढी बढेका देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताउनु भयो । पहिलो चरणमा को काम अन्तर्गत पुल कस्तो बनाउने भन्ने बारे प्राबिधिक जटिलताहरु र भू–बनावट कस्तो छ र कति लम्वाईको बनाउन सकिन्छ भन्ने बारेमा अध्ययन भएको थियो जुन रिपोर्टलाई आधार मानी अहिले कन्सल्ट्यान्टले डीपीआर सर्भे गरिरहेको छ ।
डिपिआरलाई आधार मानी पुल निमार्णका लागि टेण्डर आव्हान गरि तीन वर्ष भित्र निमार्ण कार्य पूरा गरिने सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाण्डौले बनाएको छ । यो पुल निमार्ण भएसंगै एसियाकै नमुना पुल बन्ने र देशले नै गौरव गर्न लायक पुल निमार्ण हुने बताईएको छ ।

करिव ३५ देखी ४० करोडको लागतमा पुल बन्ने क्षेत्रबिकास समितिका अध्यक्ष पौडेल बताउनु हुन्छ । नदीको बिचमा एउटा पिल्लर खडा गरेर भ्यु टावर सहितको पुल निमार्ण गरिनेछ ।

Promise Education Consultancy