बिस्फोटक पदार्थसहित दुई भारतीय नगरिक पक्राउ

काठमाडौँ,१५ मंसिर । शुक्रबार विहान बिस्फोटक पदार्थ बोकेर काठमाडौँ आउँदै गरेका दुई भारतीय नगरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काँकटभिट्टाबाट काठमाडौँ आइरहेको ना७ख ४९७६ नम्बरको बसमा आइरहेका दुई भारतीय नागरिकसँग खानतलासी गर्दा बिस्फोटक पदार्थ भेटिएपछि खानीखोला प्रहरीले शुक्रबार बिहान उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट सकेट बम, प्रेसरकुकर बम र बम बनाउन प्रयोग गरिने सामग्रसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका भारतीय नागरिकको परिचय भने खुलाएको छैन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उनीहरुको परिचय नखुलाईएको प्रहरीले जनाएको छ।

धादिङ जिल्ला प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले बिस्फोटक पदार्थ र उपकरणसहित भातीय नगरिक पक्राउ परेको पुष्टि गरेका छन्।

एसपी राउतले उनीहरुले कुन प्रयोजनका लागि उक्त सामग्री लैजान लागेका हुन भन्ने बारेमा उनुसन्धान भैरहेको र छिट्टै नै यथार्थ सार्वजनिक गरिने जानकारी दिए।

Promise Education Consultancy